Aamsanchar

पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु

Author Image
बुधवार, साउन ३२, २०७४

झापा।

झापाको दमक नगरपालिका १० नलबारीमा बुधबार पानी जमेको खाल्डोमा डुबेर ७ वर्षका एक बालकको मृत्यु भएको छ।
स्थानीय गोबिन्द सुब्बाको छोरा दिल कुमार सुब्बाको घर अगाडि वर्षातको पानी जमेको खाल्डोमा डुवेर मृत्यु भएको हो। बुधबार विहान बालकलाई उनकी आमाले पानीमा डुबेको भेटेपछि उद्दार गरेकी थिईन। बालकको उर्लाबारी अस्पताल ल्याउनेक्रममा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
यता सप्तरीको हनुमाननगर-कंकालिनी नगरपालिका स्थित महुली खोलामा डुबेर स्थानीय ५ वर्षिय महेन्द्र रामको मृत्यु भएको छ। मंगलबार साँझ भैसी चराएर घर फर्कनेक्रममा लडेर खोलामा डुबेका रामको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय भारदहले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर