Aamsanchar

समाजसेवी तथा ज्येष्ठ नागरिकलाई सम्मान

Author Image
बिहिवार, भदौ १, २०७४

सुरुङ्गा।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा २८ जना समाजसेवी तथा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । श्रीकृष्ण प्रणामी मन्दिर कनकाई–३ टप्पुमा सप्ताहव्यापी वितक कथावाचन (पुराण) को समापनको अवसरमा आयोजित कार्यक्रमकाबीच उनीहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा मन्दिर तथा सत्संग भवन निर्माणमा योगदान पु¥याए वापत समाजसेवी चिरञ्जीवी उप्रेतीलाई विशेष सम्मान गरिएको थियो । उनको अनुपस्थितिमा उनका छोरा एकराज उपे्रतीले सम्मान ग्रहण गरेका थिए । त्यसैगरी ११ सदस्यीय मन्दिर तथा सत्संग भवन निर्माण समितिका संयोजक यामनाथ सेडाई, सचिव छबि थपलिया, सहसचिव उमाकान्त सिटौला, कोषाध्यक्ष देवीप्रसाद खरेल, सदस्यहरु जनार्दन उप्रेती, दधिराम उपे्रती, पदमप्रसाद न्यौपाने, गंगाबहादुर कार्की, सुनिल भेटवाल, लीलादेवी संग्रौला र डम्बरबहादुर कार्कीलाई सम्मान गरिएको थियो ।
त्यसैगरी ज्येष्ठ नागरिकहरु तुलसीदास श्रेष्ठ, प्रतिमान उप्रेती, गंगादेवी उप्रेती, धनमाया अधिकारी, चन्द्रप्रसाद उप्रेती, विष्णुमाया खरेल र जमुनादेवी उप्रेतीलाई सम्मान गरिएको थियो । त्यसैगरी जग्गादाताहरु गंगाप्रसाद भुसाल, चन्द्रकला भुसाल, उर्मिला मैनाली, विष्णुबहादुर बुढाथोकी, ईश्वरीप्रसाद कट्टेल, उषा कट्टेल, भक्तमाया थपलिया, निर्मला थपलिया, उमानाथ मैनालीलाई सम्मान गरिएको थियो ।

त्यस्तै पुराणमा विशेष योगदान पु¥याएकोमा ज्ञानज्योति युवा क्लबका अध्यक्ष नविन सेडाईं, स्वयम्सेवकको भूमिकाका लागि युवराज ढुंगेल, भण्डारा व्यवस्थापनमा सहयोग पु¥याउने अम्बिका कट्टेल, वितक कथावाचक मोहन ओली, देवीप्रसाद कडरिया र भीमदास प्रणामीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा मन्दिर तथा सत्संग भवन निर्माण समितिका सचिव छबि थपलियाले ४३ लाख ९४ हजार ३ सय ७४ रुपैयाँको आम्दानी–खर्च सार्वजनिक गरेका थिए । मन्दिर सञ्चालक समितिका अध्यक्ष ईश्वरीप्रसाद कट्टेलको सभापतित्व तथा कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समाजसेवी एकराज उप्रेती, मन्दिर तथा सत्संग भवन निर्माण समितिका संयोजक यामनाथ सेडाई लगायतले मन्तव्य राखेका थिए ।
कनकाई नगरपालिका वार्ड नं. ३का वार्ड अध्यक्ष रूद्रप्रसाद चिमरियाको विशेष आतिथ्य रहेको कार्यक्रमको सञ्चालन मन्दिर सञ्चालक समितिका सचिव राजु उप्रेतीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 296

प्रतिक्रिया (०)

सम्बन्धित खबर