Aamsanchar

दुई श्रष्टालाई पुरस्कृत तथा सम्मानित हुदैं

Author Image
बिहिवार, भदौ १, २०७४

शान्तिराम बस्नेत/ शिवसताक्षी,

झापाको मध्यभागदेखि प्रकाशित हुने सतासी साप्ताहिकले यस वर्षपनि शिवसताक्षीका दुई श्रष्टालाई पुरस्कृत तथा सम्मानित गर्ने भएको छ ।
पुरस्कार मुल्यांकन समितिको धरमपुरमा बसेको बैठकले गजल श्रष्टा दिलिप घिमिरे र केस्रा विधाका प्रतिपादक मौलश्री लिम्बूको पुस्तकलाई सम्मानित गर्ने निर्णय गरेको हो ।उक्त पुरस्कार सतासी साप्ताहिक खबर पत्रिकाको छैटौँ वार्षिकोत्सवको अवसरमा सतासी साप्ताहिकबाट निरन्तर प्रकाशन भइरहेको साहित्यकाश विधाले वितरण गर्ने हो ।
लामो समयदेखि झापाको साहित्य यात्रामा लागेका दिलिप घिमिरेले २०५७ मा ‘तिमीलाई सम्झेपछि’ गजल कृति प्रकाशन गर्दै ख्याति कमाएका थिए । उक्त योगदानको कदर गर्दै साहित्यकार तथा गजलकार दिलिप घिमिरेलाई साहित्याकाशले योगदानको उच्च कदर गर्दै पुरस्कृत तथा सम्मान गर्ने निर्णय गरेको हो ।
त्यस्तै झापाको साहित्य जगतमा विगत लामो समयदेखि साहित्य यात्रामा लागेर प्रवासबाट साहित्यको अलग विधा केस्राका प्रतिपादक मौलश्री लिम्बूको केस्रा विधा साहित्यमा केस्रा विधाको घोषणा तथा दस्तावेज २०६८÷२०१२ कृतिको उच्च मुल्यांकन गर्दै सम्मान तथा पुरस्कृत गरिने निर्णय गरिएको हो ।
सम्मानित दुई श्रष्टाहरुलाई जनही रु. १० हजार १ सय रुपैँया सहित सम्मान पत्र, दोसल्ला ओढाएर एक विशेष कार्यक्रमबीच सम्मान गरिने सतासी साप्ताहिक खबरपत्रिकाका कार्यकारी सम्पादक सेलिङ केसीले जानकारी दिए ।
गत वर्षदेखि वितरण गर्न शुरु गरिएको उक्त पुरस्कार सताक्षी प्रेस क्लबका अध्यक्ष, शिवसताक्षी क्षेत्रका ज्येष्ठ तथा पुराना पत्रकार छबिलाल दवाडीले प्राप्त गरेका थिए । सतासी साप्ताहिक खबर पत्रिकाका सह सम्पादक छबिलाल दवाडीका अनुसार सो पुरस्कार पत्रकार तथा साहित्यकारलाई क्रमशः प्रदान गर्दै जाने बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)