Aamsanchar

डेटिङमै यौनसम्पर्क भैहाले के हुन्छ ?

Author Image
शनिवार, भदौ ३, २०७४

काठमाडौं ।

पहिलेका अध्ययनहरूले देखाएअनुसार पहिलो डेटिङमै यौनसम्पर्क भैहाले पनि त्यसले प्रेमी जोडीको दीर्घकालीन सम्बन्धमा खासै असर गर्दैन ।

तर, पछिल्लो समय बर्मिङहम विश्वविद्यालयले गरेको एक अध्ययनअनुसार पहिलो डेटिङमै यौनसम्पर्क भैहाले त्यसले जोडीको दीर्घकालीन गुणस्तरीय सम्बन्धमा असर नकारात्मक पार्छ । अध्ययन १० हजार मानिसमा गरिएको थियो ।

उनीहरूमध्ये ४७ दशमलव ९ प्रतिशतले चिनजान भएको केही समयपछि हुने यौनसम्पर्कले यौनको आनन्द र जोडीको गुणस्तरीय जीवनमा सकारात्मक प्रभाव पार्ने प्रतिक्रिया दिएका थिए ।

३५ दशमलव ५ प्रतिशतले पहिलो डेटिङमै यौन सम्पर्क हुँदा पनि नराम्रो नहुने प्रतिक्रिया दिएका छन् । बाँकी प्रतिक्रिया नगण्य छन् ।

अनुसन्धानकर्ताहरूका अनुसार पहिलो डेटिङमै यौनसम्पर्क हुनासाथ सम्वन्ध नै बिग्रन्छ भनेका छैनन्, तर उनीहरूको भनाइमा गुणस्तरीय यौनसम्पर्क र गुणस्तरीय जीवनका लागि लामो चिनजान वा पटक–पटकको डेटिङपछि मात्र यौनसम्पर्क हुनु राम्रो हुन्छ ।

यौनसम्पर्क एक–अर्कालाई बुझ्न, आफ्नो संस्कृति र नियम–कानूनले दिने अनुमति, पारिवारिक स्वीकृतिजस्ता पक्षहरूलाई सहज बनाउन केही समय लाग्छ ।

एक–अर्कालाई बुझ्ने, यौन सम्पर्कका सकारात्मक–नकारात्मक पाटाको अध्ययन विश्लेषण गर्ने, भविष्यको के कस्तो योजना बनाउन लागिएको हो । त्यसमा स्पष्ट हुने, जीवनका उच्च तथा न्यून प्राथमिकताहरूका बारेमा थाहा पाउने एवं आपसमा सञ्चार गर्ने व्यवहारले सामीप्यता अझ बढाउँछ, प्रेम सम्बन्ध घनिभूत हुन्छ ।

प्रेमीलाई पहिलो यौन सम्पर्कले कति असर गरेको छ भन्ने थाहै नपाई तपाईं बढी छटपटिनुभएको हुन सक्छ । यसका लागि तपाइंले उनलाई राम्रोसँग सोध्ने र पछिका दिनहरूमा सहमतिमा अघि बढ्न सकिने कुरा बताउनुपर्छ, अर्थात् आफ्नी प्रेमिकाको प्रतिक्रिया के छ भन्ने कुरा स्पष्ट रूपमा थाहा पाउनुहोस्, समाधान त्यही निस्कन सक्छ ।

उनमा नकारात्मक असर परेको छ भने पनि आपसमा छलफल गरेर मन माझ्न सकिन्छ । यसले तपाईंहरू दुवै जनालाई थप नजिक ल्याउन मद्दत पुर्‍याउँछ ।-दैनिक नेपाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 281

प्रतिक्रिया (०)