Aamsanchar

बिर्तामोडको बीएण्डसीमा मानसिक रोगको उपचार सुरु

Author Image
शुक्रवार, भदौ १६, २०७४

नेपालमा नै पहिलो पटक झापाको बिर्तामोड स्थित बीएण्डसी मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटलमा मानसिक रोगको उपचार सुरु भएको छ । मस्तिष्कबाट उत्पन्न हुने भावना, आभाष, स्मृति, विचार, बोली, चेतना आदिमा गडबवडी हुने समस्या मानसिक रोग हो । यो अवस्था लगातर रहिरहेमा मानसिक समस्याको शंका गर्नुपर्छ कतै तपाईमा यस्ता समस्या छैन ? बीएण्डसी मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटलका मानसिक रोग विशेषज्ञ एवं मनोविश्लेषक डा.कञ्चन दाहालसंग आमसञ्चारकर्मी नरेन्द्र ढकालले गरेको कुराको संम्पादित अंश :


के हो मानसिक रोग भनेको ?
– मानसिक रोग भनेको मानिसमा गलत धारण उत्पन्न भएर विभिन्न नकरात्मक सोच्ने र उदासिनपन हुनुलाई मानसिक रोग भनिन्छ । मानसिक रोग लागेको भन्नासाथ ‘पागल’ भएको भन्ने सोच्ने गरिन्छ । तर, मानसिक रोगी भन्नासाथै ‘पागल’ बाहेक अरु समस्या भएका पनि जान्ने गरिन्छ । मानिसमा विद्यमान यस्तो धारणा हटाउन जनचेतनामुलक कार्यक्रम गर्नुपर्छ । प्रायजसो मानसिक चिकित्सकले मानसिक समस्यालाई मनोरोग तथा नशाको रोग भन्ने गर्छन् । मानसिक स्वास्थ्यअन्तर्गत धेरैजसोमा डिप्रेशन र एन्जाइटी (डर, त्रास) को समस्या हुने गरेको पाइन्छ ।
मानसिक रोग कस्ता कस्ता हुन्छन् ?
– मानसिक रोग धेरै किसिमका हुन्छन् । कुनै समान्य किसिमको हुन्छ भने कुनै जटिल किसिमका हुन्छन् । त्यसालाई भने ख्याल गर्न आवश्यक छ । डिप्रेसन यो रोगका बिरामीहरु निराश हुने, दिक्क हुने, नराम्रो संग हाँस्ने, बारम्बार रुने, हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, बाँच्न भन्दा मर्न बेस भन्ने र कतिपय बिरामीले आत्महत्या गरेको पनि पाईएको छ । डिप्रेसन नेपालमा पाईने एउटा मूख्य मानसिक रोग हो । यो नेपालमा बढी पाईन्छ । जीवनभरमा २०–२५ प्रतिशत मानिसमा डिप्रेशन हुन्छ । यो उपचार गरे निको हुने रोग हो । यसको बेलैमा पहिचान गरेर उपचार नगर्ने हो भने मानिसले गलत बाटो रोज्न प’ग्छ ।

झापामा आत्महत्याको दर बढ्न’ यो पनि एक कारण हो । त्यस्तै मानसिक रोगीहरु टाउको दुख्ने, निद्रा नलाग्ने, डर लाग्ने, मन उदास भैरहने, जोसजाँगर हराएर जाने, मुटु ढुकढुक हुने, सास फेर्न गाह्रो हुने, बेहोश हुनेजस्ता लक्षण पनि देखिन्छ । तनाव मुख्य कारण भएपनि मानसिक रोगका अन्य धेरै कारण हुन्छन् । तनावका धेरै कारण हुन्छन् । जसमा वंशाणुगत, पारिवारिक, मानसिक, आर्थिक, सामाजिक जस्ता तनावले मानसिक रोग बढाउन भूमिका खेल्छन् । यो विषयमा भने स्वयम आफैंले आफ्नो मुल्याङकन गरेर अस्पताल जानुपर्छ बेलैमा उपचार गर्न सकिएमा यो रोगबाट छुटकरा पाउन सकिन्छ । त्यसको उपचार अब बी एण्ड सी हस्पिटलमा नै सुरु भएको छ । मानसिक रोग सम्बन्धि उपचार गर्ने नेपालकै पहिलो अस्पताल पनि यही हो ।
के– के हुन मानिसक रोगका कारणहरु ?
– वंशानुगत रुपमा सर्ने
– न्युरोट्रान्समिटरको गडबढी जस्तै डोपामाइन, सेरोटोरिन र नोरेपिरेफ्रिन
– हर्मोनको गडबडी जस्तै थाइराई, एड्रिनल, ग्रोथ हर्मोनको गडबडी भएमा
– शारीरिक रोग लामो समय समयमा लाग्छ जस्तै चिनिको रोग, मृगौलाको रोग आदि
– तात्कालिन घटनाक्रम जस्तै मानिस मर्नु, नोक्सानी हुने कुनैपनि घटना घट्नु
– लागू पदार्थ सेवन गर्नाले
– गर्भवस्थामा संक्रमण, मस्तिष्कको वृद्धिमा रोक आदि ।
कसरी मानसिक रुपमा स्वास्थ्य बन्ने ?
–अनावश्यक कुरामा बारम्बर एकोहोरो गहिरो सोचाई नगर्ने ।
–अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र खुशी हुने ।
–पुराना रुढीवादीका कुरा जुन वर्तमानमा झुट्टा सावित भएका छन् तिनमा विश्वास नगर्ने ।
– हरेक काममा खुसी, सन्तुष्ट र सुखी बन्न सिक्ने ।
– जे छ त्यसमा सन्तुष्ट हुने, तर मिहेनत गर्न नछाड्ने ।
– लागू पदार्थ, रक्सी, ड्रग्स सेवन गर्दा मानसिक रोग लाग्ने सम्भावना धेरै रहने भएकोले, यी वस्तुबाट टाढा रहने ।
– अति नैतिकवान नबन्ने र अरुबाट पनि त्यस्तो बढी आशा नगर्ने ।
– आफ्ना समस्या आफ्नो परिवार, साथीभाईलाई भन्ने बानी गर्ने जसबाट मनको उत्तेजना (चिन्ता) कम गर्न सहयोग मिल्छ ।
– मनलाई सधै शान्त राख्ने ।
मानसिक रोग लागेको कसरी चिन्ने ?
–मानिसमा धेरै अंगका जटिल लक्षण एकैचोटी देखिएमा ।
–अनौठो व्यवहार देखापरेमा ।
–एक्लै बोल्ने, एक्लै हांस्ने गरेको देखेमा ।
–अरुदेखि शंका गर्ने देखिएमा ।
–आत्तिने, डराउने, चिन्ता गर्ने, घरबाट भाग्ने गरेमा ।
मानसिक रोग बारे जान्नै पर्ने कुरा
–मानसिक रोग अति सामान्य (जस्तै टाउको दुख्ने मात्र) देखि कडा खालका (एक्लै बोल्ने, एक्लै हाँस्ने पागलपन) सम्मका हुन्छन् । सामान्य खालको मानसिक समस्या हुँदा आत्तिनु हुदैन र उपचार गर्न पनि हिचकिचाउनु हुदैन । कडा मानसिक रोगका विरामीलाई परिवारका सदस्यको सहयोग अति आवश्यक छ ।
– मानसिक रोग लाग्नु पापको फल होइन । देवी देउताको श्रप लागेको भन्ने प्रचलन पनि रहेको छ तर त्यो गलत हो ।
– उपचार गरे मानसिक रोग निको हुन्छ ।
– मानसिक रोगका विरामीलाई सबैले सहयोग गर्न पर्छ ।
– उपचार गरिरहेका मानसिक रोगका विरामीले डाक्टरको सल्लाह विना आपैm औषधि छाड्नु हुदैन ।
– मानसिक रोगका विरामीहरु घरपरिवार, समाज तथा द्वन्दको कारण शोषणमा पर्न सक्छन् ।
मानसिक रोगको उपचार सम्भव छ
– मानसिक रोगको उपचार सम्भव छ । त्यसैले सबैले आफुमा भएको समस्या खुलस्त रुपमा ब्यक्त गर्नुपर्ने र उपचारका लागी अब तपाईले बीएण्डसी हस्पिटलमा नै सेवा पाउन सक्नु हुन्छ । म यो हस्पिटलमा २४ औं घण्टा सेवामा तल्लिन रहेको छ । हामी औषधी र मनोपरामर्श सहित उपचार गछौं । अहिले दैनिक ४÷५ जना दैनिक उपचारमा आउने गरेका छन् । तपाई लाई पनि कुनै समस्या भएमा तुरुन्त सम्र्पक गर्नुहोला ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 487

प्रतिक्रिया (०)

सम्बन्धित खबर