Aamsanchar

करेन्ट लाग्दा एकको मृत्यु

Author Image
शनिवार, भदौ १७, २०७४

झापा।

इन्भर्टर जडान गर्ने क्रममा करेन्ट लाग्दा झापाको बिर्तामोडमा आज एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–६ पुरानो भद्रपुर रोडका ४२ वर्षीय श्याम चौधरी छन् ।

आज दिउँसो कमल राईको घरमा इन्भर्टर जोड्ने क्रममा करेन्ट लागेको र उपचारका लागि बिर्तामोडस्थित विएण्डसी हस्पिटलमा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर