Aamsanchar

भ्रष्टचारीको पक्षमा उभिने सांसदहरुको लिस्ट सार्वजनिक

Author Image
आइतवार, भदौ १८, २०७४

भ्रष्टाचार मुद्दामा दोषी ठहरिए पश्चात सजाँय भोगेर आइसकेका खुमबहादुर खड्का,

चिरञ्जीवी वाग्लेलगायत नेताहरुलाई निर्वाचनमा उठाउने गरी

कांग्रेस सांसदहरूले संशोधनको माग गरेका छन् ।

 सांसदहरूले राखेको संशोधन को मत अनुसार नै निर्वाचन कानुन बन्नुपर्नेमा खड्का पक्षले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई विभिन्न तवर बाट दबाब दिइरहेको कुरा कांग्रेसनिकट श्रोतले जनाएको छ।

भ्रष्टाचारी नेताको पक्षमा संशोधन दर्ता गर्ने सांसदहरूमा राधेश्याम अधिकारी, तारामान गुरुङ, बुद्धिराम भण्डारी, तप्तबहादुर विष्ट, सुशीला चौधरी, चम्पादेवी खड्का, विन्दादेवी आले राना, पद्मनारायण चौधरी, भरतबहादुर खड्का, पुष्कर आचार्य, मिनाक्षी झा, किरण यादव, अमृतलाल राजवंशी, तेजुलाल चौधरी, दिनेशप्रसाद परसैला यादव, सुरेन्द्रप्रसाद यादव, राजु थापा, इन्द्रबहादुर बानियाँ र नरबहादुर चन्द रहेका छन् । साभार कान्तिपुर प्लस

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर