Aamsanchar

तीन सय ५० बाढीपीडितको औषधोपचार

Author Image
आइतवार, भदौ १८, २०७४

सप्तरी।

सुनसरी आयल सप्लार्यसको आर्थिक सहयोगमा जिल्लाका बाढीपीडितलाई निःशुल्क औषधोपचार गरिएको छ ।

इनरुवा नगरपालिकाको संयोजनमा आज यहाँ आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरमा सो नगरपालिकाका– ९ र १० का ३५० बाढीपीडितले स्वास्थ्य सेवा लिएको सप्लायर्सका सञ्चालक प्रकाश मारुले जानकारी दिनुभयो ।

सो शिविरमा आएकामा श्वासप्रश्वास, रुघाखोकी, छाला चिलाइ र भाइरल ज्वरोका बिरामी थिए । शिविरमा विराटनगरका विभिन्न चिकित्सकले बिरामीको जाँचका साथै निःशुल्क औषधिसमेत प्रदान गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर