Aamsanchar

खोलाले बगाउँदा मृत्यु

Author Image
आइतवार, भदौ १८, २०७४

झापा।

खोलाले बगाउँदा आज बिहान एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

कनकाई नगरपालिका– ८ स्थित बिरिङ र टाङ्टिङ नदीको दोभानमा अर्जुनधारा नगरपालिका– ८ का गोपाल लोहारको शव भेटिएको छ । शनिबार साँझ खोलाले बगाउँदा उनी बेपत्ता भएका थिए ।

त्यस्तै कमल खोलाले बगाउँदा शिवसताक्षी नगरपालिका–३ का ७१ वर्षीय हस्तबहादुर लिम्बू बेपत्ता भएका छन् । खोला तर्ने क्रममा लिम्बूलाई बगाएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)