Aamsanchar

नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज

Author Image
बुधवार, भदौ २१, २०७४

काठमाडौं  त्रिभुवन विश्वविद्यालयले एक महिनाअघि काठमाडौं नेसनल मेडिकल कलेजलाई दिएको सम्बन्धन बुधबार खारेज गरेको छ ।

 त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले  नेशनल मेडिकल खलेजको सम्बन्धन खारेज गर्ने निर्णय गरेको हो । परिषद्ले गठन गरेको ३ सदस्यीय पूर्वाधार निरीक्षण समितिको प्रतिवेदनको आधारमा सम्बन्धन खारेज गरिएको त्रिविका रेक्टर सुधा त्रिपाठीले बताइन् । ‘स्वास्थ्य मन्त्रालयको स्वीकृति बिना सञ्चालन भएको र छानबिन समितिको प्रतिवेदनको आधारमा सम्बन्धन खारेज गरिएको हो’ रेक्टर त्रिपाठीले भनिन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर