Aamsanchar

ल्वाङ हो ठूलो औषधि, यस्ता समस्या भए पुग्छ फाइदा

Author Image
सोमवार, भदौ २६, २०७४

झापा । 

सामान्य किसिमको स्वास्थ्य सम्बन्धि समस्या भएको खण्डमा हामी घरमै उपचार गर्न सक्छ ।

त्यसका लागि घरमा पाइने वस्तुको प्रयोग गर्न सकिन्छ । त्यसमध्येको उपयोगी चिज हो ल्वाङ । ल्वाङ मसलाको रुपमा मात्र नभई विभिन्न औषधीको रुपमा समेत प्रयोग हुने गरेको छ ।

जसको प्रयोग गर्दा सामान्य समस्याका कारण दुखाई वा पीडा लिएर बस्नुपर्ने अवस्थाको अन्त्य हुन्छ ।
ल्वाङको प्रयोगले दाता दुखेको, रुघा ज्वरो आएको, मुखमा घाउ आएको, टाउको दुखाइ लगायतका समस्या समाधानका लागि निकै फाइदाजनक हुन्छ ।

कसरी गर्ने प्रयोग

रुघा र ज्वरो : यसका लागि एक लिटर पानीमा १० वटा ल्वाङ राखेर उमाल्ने र मनतातो पानी पिउने ।

जुका : जुका परेको छ भने ३–४ वटा ल्वाङ पिसेर एक चम्चा महमा मिसाएर ३–४ दिन खाने ।

टाउँको दुखाई–१० वटा ल्वाङ पिसेर नरिवलको तेलमा मिसाउने र टाउको दुखेको समयमा मालिस गर्ने ।

मुखमा घाउः मुखमा घाउ भएको खण्डामा ३–४ दाना ल्वाङ मुखमा लिने

दात दुखे : ४–५ वटा ल्वाङ पिस्ने र कागतिको रसमा मिसाएर दुखेको दातमा लगाउने ।

पेटको ग्यास : पटमा ग्यास भरिएमा एक कप पानीमा ३ वटा ल्याङ पिसेर हाल्ने र मनतातो पानी खोन यसो गर्दा ग्यासको समस्याबाट मुक्ति पाइन्छ ।-पलपल नेपालबाट साभार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 285

प्रतिक्रिया (०)

सम्बन्धित खबर