Aamsanchar

थाहा छ कस्ता चिन्ह भएका युवती भाग्यशाली हुन्छन् ?

Author Image
सोमवार, भदौ २६, २०७४

एजेन्सी ।

समुन्द्रशास्त्रमा मानिसको आँखा, कान, ओठ, आदिलाई हेरेर धेरै कुरा पत्ता लगाइन्छ । यसका साथै समुन्द्रशास्त्रमा मानिसको शरीरमा भएको चिन्हको समेत छुट्टै महत्व छ । समुन्द्रशास्त्रमा महिलाहरुमा भएको चिन्हको बारेमा समेत कयौँ कुराहरु बताइएको छ, केहि यसप्रकार छन् ।

१. समुन्द्रशास्त्र अनुसार जुन महिलाको हात लामो हुन्छ त्यस्ता महिलाहरुलाई भाग्यमानी मानिन्छ । यस्ता महिलाहरुले सौभाग्य र समृद्धि प्राप्त गर्छन् । जुन घरमा यस्ता महिलाहरुको बास हुन्छ त्यहाँ खुसियाली छाउने गर्छ ।

२. जुन महिलाको खुट्टा लामो हुन्छ त्यस्ता महिलालाई देवी लक्ष्मीको समान शुभ मानिन्छ । यस्ता महिलालाई घरकी लक्ष्मी समान मानिन्छ ।

३. टाउको ठूलो भएका महिलाहरुलाई भाग्यशाली मानिन्छ । जुन महिलाको कान लामो हुन्छ त्यस्ता महिलालाई पनि भाग्यमानी र सौभाग्यशाली मानिन्छ ।

४.समुन्द्रशास्त्रमा भनिएको छ कि यदि महिलाको निधारमा कोठी छ भने उनलाई धेरै नै भाग्यमानी मानिन्छ ।

५. समुन्द्रशास्त्र अनुसार जुन महिलाको नाइटो गहिरो हुन्छ त्यस्ता महिलालाई उनको परिवारको लागि धेरै नै भाग्यशाली मानिन्छ । यस्ता महिलाहरुलाई कहिले पनि पैसाको कमी हुँदैन । यिनीहरु जहाँ बसे पनि सधैँ खुसी रहन्छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 217

प्रतिक्रिया (०)

सम्बन्धित खबर