Aamsanchar

महिलाहरूले राती यस्ता काम गरे घरमा लक्ष्मीको बास हुन्छ!!

Author Image
सोमवार, भदौ २६, २०७४

एजेन्सी । 

ज्योतिष शास्त्रका अनुसार केही यस्ता कामहरु हुन्छन् जसलाई महिलाहरुले राति गर्नुहुँदैन । महिलाहरुलाई घरको लक्ष्मीको रुपमा हेर्ने गरिन्छ । त्यसैले महिलाहरुले रातमा यस्ता कामहरु नगरेकै राम्रो मानिन्छ ।

महिलाहरुले रातमा भान्छामा जुठा भाँडाहरु कहिल्यै राख्नुहुँदैन । भान्छामा भएको भाँडा सफा राख्नाले घरमा सदैव लक्ष्मीको बास हुन्छ र धन र सुखसम्पत्ति घरमा आउँछ ।

सुर्यास्त पछि महिलाहरु कसैको घरमा पनि दुध, दही, नुन, तेल र प्याज लिन जाँदा यसले असुभ निम्त्याउँछ । यसो गर्नाले उनीहरुको जीवनमा बाधाहरु आउने र धेरै कष्टको सामना गर्नुपर्ने ज्योतिषीय मान्यता रहेको छ ।

घरकी महिलाले हप्तामा एकपटक घरमा रहेका सबै कोठामा कालो नुन पेपरमा बेरेर राख्नाले र बिहान सबेरै उठेर कसैसँग पनि नबोली कागजमा राखिएको नुनलाई घरबाहिर फाल्नाले घरमा भएका नकारात्मक उर्जा बाहिर निक्लिने ज्योतिषीय मान्यता रहेको छ ।

राती सुत्नुअघि भान्छामा बाल्टी वा जगमा पानी भरेर राख्नुहोस् । यसले घरमा सुख–समृद्धिको बास गराउँछ ।

महिलाले रातमा सुत्नुअघि घरभित्र रहेको कुच्चो दक्षिण पश्चिम दिशामा लुकाएर राख्नाले धन लाभ हुन्छ ।

ज्योतिष शास्त्रका अनुसार महिलाहरुले सुत्नु अघि कपाल नुहाउनुहुँदैन । यस्तो गर्नु अशुभ मानिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 283

प्रतिक्रिया (०)