Aamsanchar

यी ७ कारण हुन् जसले विवाहपछि अधिकांस महिला मोटाउछन्

Author Image
मङ्गलवार, असोज ३, २०७४

एजेन्सी ।

विवाहपछि करिब ८२ प्रतिशत जोडी मोटाउने गरेको द ओबिसिटी नामक एक जर्नलमा प्रकाशित अध्ययनले देखाएको छ। उक्त अध्ययन अनुसार महिलाको विवाहको ५ वर्षमा १० किलोसम्म तौल बढ्ने गरेको भेटिएको छ। पुरुषको भन्दा महिलाको तौल अत्याधिक बढ्ने गरेको उक्त अध्ययनले देखाएको छ। विवाह पछि किन महिलाहरु बढी मोटाउ छन् भन्ने धेरैको जिज्ञासा हुन सक्छ । अध्ययनले निम्न कुराबाट विवाहपछि महिला मोटाउने गरेको देखाएको छ।

अध्ययन अनुसार विवाह पछि तौल बढ्नका कारण निद्रा पूरा नहुनुः विवाह पश्चात धेरै महिलाको सुत्ने र उठ्ने समय बदलिन्छ। यति मात्रै होइन, सात घन्टा भन्दा कम सुत्न पाउने भएकाले निद्रा पूरा हुँदैन। यसले तौल बढाउन भूमिका खेल्छ। हर्मोनल परिवर्तनः विवाह पछि महिलाको जीवनशैली परिवर्तन हुन्छ। यसले हर्मोनल परिवर्तन पनि ल्याउँछ, जुन मोटोपन बढाउने कारण बन्न सक्छ।

बढ्दो उमेरः विवाह सँगसँगै महिलाको उमेर पनि वृद्धि हुँदै जान्छ। उमेरको वृद्धिसँगै महिलाको मेटाबोलिज्म दर कम हुन्छ। यसले फ्याट बर्निङ हुने दर कम हुन्छ र तौल बढ्छ।

सामाजिक दबाब कमजोरः विवाह अघि आफूलाई चुस्त दुरुस्त राख्नु सामाजिक दबाबका रुपमा लिइन्छ। विवाहअघि मोटीलाई ‘नराम्री’, ‘केटा नपाउने’ जस्ता टीप्पणी र भय समाजले सिर्जना गर्ने भएकाले फिट राख्न खोज्छन् धेरैले ।

तर, विवाहपछि यो प्रेसर स्वतः घट्नुका साथै आफ्नो ख्याल राख्ने समय हुँदैन उनीहरुसँग। यसकारण तौल बढ्छ।

घरमै बस्नु वा धेरै समय टिभी हेर्नुः विवाह पश्चात अधिकांस महिला घरभित्रकै काममा व्यस्त हुन्छन् । बाँकी फुर्सदको समय टिभी हेरेर बिताउन रुचाउँछन् । शाररिक रुपमा निष्क्रिय रहँदा मोटोपन बढ्छ ।

तनाव बढ्नुः विवाह पछि नयाँ घर, नयाँ परिवार हुन्छ । आफूलाई त्यहाँ समायोजन गर्न मुश्किल पर्छ । जसले गर्दा तनाव बढ्छ । यसैपनि माइतिघर भन्दा कम स्वतन्त्रता र बढी डरले सदा तनावमा राख्छ महिलालाई । तनाव तौल बढाउने महत्वपूर्ण कारण मानिन्छ ।

खानामा परिवर्तनः खान खाने तरिका, परिकार र समय घरपिच्छे फरक पर्छ । विवाह पछि आएको घरको खानपान त्यसअघिको जस्तो नहुँदा पनि मोटोपनको शिकार भइन्छ । विशेष गरी घरको नयाँ सदस्य भएका कारण परिवारका सदस्यले सुरुमा धेरै खान प्रोत्साहन गर्ने भएकाले पनि मोटोपन बढ्न थाल्छ। स्वास्थ्य खबर र विभिन्न एजेन्सीको सहयोगमा तयार पारिएको सामाग्री

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर