Aamsanchar

‘अर्को संसार’ लोकार्पण

Author Image
शनिवार, असार ११, २०७३
नवदिप श्रष्टा कुसल चौलागाईको नयाँ गजल सग्रह ‘अर्को संसार’ को आज बिर्तामोडमा बिमोचन गरिएको छ । झापाली साहित्य समाजको पहिलो बार्षिक उत्सवको अवसर पारेर चौलागाईको गजल सग्रह ‘अर्को संसार’ को प्रमुख अतिथी लोक गायक एलपी जोसीले लोकार्पण गरे । बिर्तामोड स्थित भेटघाट चौचारीमा आयोजित कार्यक्रममा लोक गायक जोसीको प्रमुख आतित्यता तथा झापाली साहित्य समाजका अध्यक्ष हरी बरालको सभापतित्व रहेको थियो । कार्यक्रममा साहित्कारहरु लवकुस गौतम, दिलीप घिमिरे, मात्रिका सग्रौला, शिब सुबेदी लगायतले आ–आफनो रचना सहित शुभकामना मन्तब्य राखेका थिए । आरती भण्डारीले बिमोचित गजल सग्रहको समिक्षा गरेको कार्यक्रमको स्वागत कबियत्री बिमला चिमरियाले गर्नु भएको थियो । प्रकास आचर्यले कार्यक्रमको औचित्य माथी प्रकास पारेको कार्यक्रममा संस्थाको बार्षिक प्रतिबेदन सचिब बिकास शिवाले गरे । कार्यक्रमको संचालन मदन भण्डारीले गरे ।
 
rrrrr
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 232

प्रतिक्रिया (०)

सम्बन्धित खबर