Aamsanchar

पहिलो अधिवेशनको तयारीमा अन्तराष्ट्रिय झापाली समाजका पदाधिकारीहरु विर्तामोडमा

Author Image
आइतवार, असोज २२, २०७४

 पहिलो अधिवेशनको तयारीमा

अन्तराष्ट्रिय झापाली समाजका पदाधिकारीहरु विर्तामोडमा 

चारपाने : अन्तर्राष्ट्रिय झापाली समाजले आफ्नो पहिलो अधिवेशन झापाको विर्तामोडमा गर्ने भएको छ । समाजले असोज २४ गते विर्तामोडमा नेतृत्व चयनका लागि पहिलो अधिवेशन गर्न लागेको हो ।

अधिवेशनको बारेमा जानकारी दिन आइतवार विर्तामोड स्थित आर्दश व्याङकेटको हलमा आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष भवानी ओलीले दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने बताउनु भयो ।

विश्वका विभिन्न देशमा छरिएर रहेका झापालीलाई सङ्गठित गर्दै झापा जिल्लाको विकासकालागि केही रचनात्मक काम गर्ने  लक्ष्यका साथ गठन भएको समाजले आगामी दुई वर्षभित्र ५० वटा देशमा अन्तर्राष्ट्रिय झापाली समाजलाई विस्तार गर्ने योजना बनाएको अध्यक्ष ओलीले बताएका छन ।

अधिवेशनमा विभिन्न १८ मुलुकमा रहेका झापाली समाजका सदस्य प्रतिनिधी मूलक संख्यामा अधिवेशनमा सहभागी हुने छन् । प्रतिनिधि र पर्यवेक्षक गरी दुई सय जनाको सहभागिता रहने समाजका महासचिव रुपराज मैनालीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । कार्यक्रमलाई नौलो अभ्यास दिनकोलागि २४ गते बन्द सत्र गरेर २५ गते खुल्ला सत्र कार्यक्रम गर्ने र पुरानो समितिलाई विदाई र नयाँ कार्य समितिलाई स्वागत गर्ने कार्यक्रमको ढाचा तयार पारिएको पत्रकार सम्मेनलमा बताईको छ ।

कार्यक्रममा समाजका कोषाध्यक्ष बालहरि राई, अन्तर्राष्ट्रिय झापाली समाज अष्ट्रेलियाका संस्थापक अध्यक्ष दिनेश पोखरेल, अन्तर्राष्ट्रिय झापाली समाज इजरायलका प्रवक्ता सावित्रा लुइटेल, समाजका प्रवक्ता छत्र सुब्बा लगायतको सहभागिता रहेको थियो ।

सामाजिक उत्तरदाहित्वमा  अन्तर्राष्ट्रिय झापाली समाजले यसअघि झापाका बाढीपीडित परिवारलाई राहत वितरण गरिएको जनाएको छ । समाजका तर्फबाट १२ लाख मूल्य बराबरको राहत सामग्री झापाको बाढी प्रभावित क्षेत्रमा बितरण गरिएको समाजका अध्यक्ष भवानी ओलीले बताउनु भयो ।

झापाको बाह्दशी, झापा, कचनकवल, कनकाई र विर्तामोडका बाढीपीडितलाई समाजले राहत बितरण गरेको हो । आगामी दिनमा नयाँ योजनाका साथ काम गर्ने लक्ष्य राखिएको समाजका प्रवत्ता छत्र सुब्बाले बताउनु भयो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर