Aamsanchar

चन्दाको एकल सांगीतिक प्रस्तुति बिर्तामोडमा हुने

Author Image
आइतवार, असोज २२, २०७४

शनिश्चरे।

गायन क्षेत्रमा स्थापित झापाकी चेली चन्दा देवानको एकल सांगीतिक प्रस्तुति बिर्तामोडमा हुने भएको छ ।
शनिश्चरे माविको भौतिक पूर्वाधार सुधार सहयोगार्थ आउँदो असोज २८ गते अतिथि सदनमा सांगीतिक कार्यक्रम गर्न लागिएको शनिवारसाँझ शनिश्चरेमा आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो । उक्त विद्यालयबाट ०३८ सालमा एसएलसी उत्तीर्ण गरेका विद्यार्थीको समूह विद्यालयको भौतिक सुधारका लागि अग्रसर भएको हो ।

‘हामी ०३८से… हामी सहयात्री’ नाम राखी उक्त समूह विद्यालयको विकासमा सहयोग पु¥याउन अग्रसर भएको हो । समूहका संयोजक शेखर प्रधानले विद्यालयकै लागि प्रेरित गर्न र केही दिन अग्रसर भएको बताए ।
प्रधानाध्यापक भैरवप्रसाद पौडेलले विद्यालयको विकासका लागि पूर्व विद्यार्थीको भूमिका महत्वपूर्ण भएको भन्दै अहिलेको अभियान अनुकरणीय रहेको बताए । गायक चन्दाका श्रीमान् बिजय देवानले उनको सांगीतिक यात्रा बारे जानकारी गराएका थिए । चतुर्भुज काफ्ले र पत्रकार दिपीन राई, चन्द्र सिटौलाले समेत उक्त कार्यक्रमको बारेमा चर्चा गरेका थिए ।
निर्माण व्यवसायी संघ झापाका अध्यक्ष मिलन बस्नेतले आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने बचन दिएका थिए । श्रीप्रसाद ओली र खगमायाकी छोरी चन्दा विद्यार्थी जीवनबाटै सांगीतिक क्षेत्रमा उदाएकी हुन् । उनका एक दर्जन बढी एल्बम् सार्वजनिक भइसकेका छन् । सांगीतिक साँझबाट साढे तीन लाख रुपैयाँ संकलन हुने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)