Aamsanchar

मनै लोभ्याउने मुस्ताङ पुग्दा…

Author Image
शनिवार, असोज २८, २०७४

(नरेन्द्र ढकाल)

नेपालीहरुको महान चाड दशैंले छप्पकै छोपेको थियो । सुदुर पूर्वको झापाबाट हिमाल पारिको जिल्ला मुस्ताङ जाने योजना लगभग निश्चित भएको थियो । केहि दिनका लागि भए पनि झापाको व्यस्त दिनचर्या अनि गर्मी तथा धुवाँ धुलो छल्न यस पटक मुस्ताङ जाने निधो गर्यौं ।

यात्रासंमरण

दशैंको टिकाको भोली पल्ट हामी चारभाई गन्तब्य तर्फ लाग्यौं । हिड्ने बेलामा १५ जना भइपनि सिराहा जिल्लाको लहान पुगेपछि हाम्रो चार जनाको टिम छुट्टयो सन्तोष अधिकारी, विशाल साह, नितेष गुप्ता र म दुई वटा मोटरसाइकलमा सवार रहेका थियौं । हाम्रो यात्रा पहिलो दिन बिर्तामोडबाट पोखरासम्मको थियो । हामी हाम्रो लक्ष्यमा दृढ भएकाले नै राती ९ बजेसम्मको यात्रा गरेपछि पोखराको छिन्दोकी होटलमा विश्राम गर्न पुग्यौं ।

यात्रा लामो भएपनि रमाइलो भइरहेको थियो । बीच बाटोमा नितेषको घर निस्किएको, सन्तोष भाईको मोरसाइकल पम्चर भएको, अनि बिहानको खाना ३ बजे मात्रै खाएको, हेटौंडामा बसेर पानी तथा खाजा खाएको, ट्राफिक चेकिङ्मा साथीहरु डराएको लगायतका रमाइला कुरा गर्दै आराम ग¥यौं । खाना खाएपछि भोली पल्ट पोखरामा नै बस्ने र आराम गरेर अर्को दिन मात्र मुस्ताङ जाने सोच सबैले बनायौं । सोही अनुरुप भोली पल्ट हामीबाट छुट्टिएको ग्रुपका साथीहरुले बिहान ४ बजे जाऔं है भन्दापनि हामी नजाने भनेर बस्यौं ।

सन्तोषले मोटरसाइकल बनाउने भनेर विशालसंग हिडेपछि फेरी एकाएक निर्णय परिर्वत भएर आराम नगर्ने बरु बिस्तारै जाने सोच बनाएर बिहान १० बजे पोखराबाट जोमसोमसम्मको यात्रा तय ग¥यौं । छिन्दोकीबाट नै जोमसोममा रहेको डान्सिङ याक नाम होटलमा एउटा कोठा बुक गरेर बाटो लगियो । पोखराबाट बेनी हुँदै ६ देखि ७ घण्टाको गाडिबाट यात्रा गरी हामी जोमसोम पुग्दा बाटोमा पर्ने रुप्से झरनाले मन नै आनन्दित तुल्यायो । नेपालको सुन्दरता देखेर विदेशीहरु समेत रमाएको देख्दा रुप्से हेर्दा लाग्थ्यो झरनाको पानीसँगै नेपालीको निश्चल भावना पनि यसैगरी बगिरहेछ ।

रुप्सेले मन तानिरहे पनि हामीलाई अघि बढ्नु नै थियो । रुप्सेपछि आउने म्याग्दीको तातोपानी कुण्ड पनि उत्तिकै आकर्षक लाग्यो । कयौं तिर्थालुहरू पौराणिक मान्यतामा तातोपानी कुण्डमा स्नान वा डुबुल्की लगाएमा वा आफूले गरेको सम्पूर्ण पापबाट मुक्ति पाइन्छ भन्दै डुबुल्की मार्दै थिए । हामी लेते मार्फा हुँदै जोमसोम तर्फ लाग्यौं । तर हामी माथि निकै चुनौती थियो । एक त मोटरसाइकलको यात्रा कठिन सडकहरु त्यसमा पनि पोखराबाट ढिलो हिड्नु तथा बाटो भुलेर बाग्लुङ पुग्नुले पनि हामीलाई जोमसोम पुग्न चुनौती थपिन्दै थिए तर पनि बाटोमा देखिएका अनगिन्ती रमणिय दृश्यले हामीलाई आनन्दित बनाइरहेका थिए ।

म्याग्दीको माथिल्लो भेगमा पुगेपछि बीच सडकमा यात्रुबस बिग्रिएर दर्जनौं सवारी रोकिएका थिए । म र नितेष हिडेर अघि बड्यौं भने सन्तोष र विशाल कहिले छेउ त कहिले भित्ताबाट मोटरसाइकल अगाडी बडाइरहेका थिए । हल्का पानी परेर हामीलाई मुस्ताङ स्वागत गर्न आतुर झै थियो भने हामी पनि गन्तब्यमा पुग्ने हतारोमा थियौं । म्याग्दीको बेनीदेखि मुस्ताङको लेते, मार्फा हुदै साँझ साढे ७ बजे हामी जोमसोम स्थित होटल डान्सिङ याकमा विश्राम लिन पुग्यौं ।

अप्ठ्यारोबाटो भएपनि बीचबाटोका मनोरम दृश्यले हाम्रो थकन मेटिएको थियो । होटलमा रहेकी भाउजुले मिठो खाना दिनुभयो खाएर चारै जान भोली कता जाने भन्ने योजना बनाउदै विस्तरामा पल्टियौं । जोमसोम आफैमा सुन्दर ठाउँ थियो । एकरात जोमसोममा बसेर अर्काे दिन मुक्तिनाथको दर्शन गर्न हामी अघि बढ्यौं । बाटोमा मनै लोभ्याउने ति पहाड तथा मनोरम दृश्यलाई आँखा तथा क्यामेरामा समेत कैद गर्दै मन्दिरमा पुग्यौं । बाटाहरू अफ्ठ्यारा भएपनि त्याहाँ देखिने मनोरम प्रकृतिका छटाले हामीलाई उत्साहित बनाउँथ्यो ।

प्रकृतिको सुन्दरतामा मन्त्रमुग्ध हुँदै हाम्रो यात्रा फेरि सुरु भयो । मुक्तिनाथ पुगेर दर्शन गरौं । एक सय आठ धारामा नुहाउनुको मज्जा नै बोग्लै थियो । मुस्ताङको मुक्तिनाथ मन्दिर हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तिर्थस्थल हो । मुस्ताङ धार्मिक पर्यटकहरुको साथै भारतीय पर्यटकको प्रमुख रोजाइमा पर्छ । कतै काला, कतै पहेला, त कतै रातो चट्टानले बनेका पहाड जसले पनि एकपटक हेरेर सुन्दर दृष्यको तस्वीर दिन खोज्थ्यो । टल्लक टल्कने कोहिनुर हिराको हार जस्तै निलगिरी हिमाल देख्दा त झन् स्वर्गमा पनि त्यति आनन्दको अनुभव गर्न पाइदैन होला भन्ने जस्तो अनुभूति हुने ।

प्रकृतिका अनुपम उपहारका रूपमा रहेका यी दृश्य सकेसम्म क्यामरामा नसके आँखामा भए पनि कैद गदै हामी पुनः जोमसोम तर्फ नै फर्किएर त्यो रात पनि त्यही होटलमा बितायौं । मुस्ताङ यात्राको क्रममा सुन्दरतासँगै विकासको सम्भावना पनि प्रशस्त देखियो । मुलुकमा भर्खरै सम्पन्न पहिलो चरणको निर्वाचनसँगै अब गाउँको विकासले अझ गति लिने आशा मनभरी छाइरह्यो । विकास र पर्यटनका विभिन्न सम्भावना पहिल्याउँदै हामी रमणीय स्थानहरुको दृष्यावलोकन गर्यौं ।

यात्राको चौथो दिन जोमसोम हुँदै पोखरा आएर छिन्दोकी गेष्ट हाउसमा नै आराम गयौं । पाचांै दिनको यात्रामा भने केही खल्लोपना छायो स्रगैंको साथी विशाल आफ्नो ब्यवहारिक कामले काठमाण्डौं तर्फ लागेपछि हामी तीन जनाले पोखराका फेवाताल, महेनद्र र चमेरे गुफा, सेती नदी, पातले छागो, गोरखा दरवार संग्राहलय लगायतका केही स्थानको अवलोकन गरेर चितवन तर्फ अघि बढ्यौं । मुङलिगको अप्ठ्यारोबाटो पार गरेर नारायणघाट पुग्दा ९ बजेको थियो । त्यो दिन त्यही बस्ने निर्णय अनुरुपमा त्यहाँ बास बस्यौं ।

 

भोली पल्ट चितवनको सौराह घुमेर जनकपुर तर्फ लागेपनि ढल्केमा आएपछि सन्तोषले घर नै जाने भनेपछि नितेषलाई त्यही छाडेर हामी पूर्व लग्यौं । राती १० बजे घर आएर यात्रालाई अन्त्य गर्न पुग्यौं । यस पटकको यात्राले प्रकृतिको नजिक लगेर आफूलाई उभ्यायो । आफ्नो व्यस्त जीवनका ६÷७ दिन प्रकृतिको छटासँग रम्न पाएकोमा म अफैंलाई भायमानी ठानिरहेकी छु ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर