Aamsanchar

नेपालमै पहिलो पटक फोमिंग प्रबिधी मार्फत डेंगु नियन्त्रणको प्रयास

Author Image
आइतवार, असोज २९, २०७४

बिर्तामोड । नगर क्षेत्रमा डेंगुको संक्रमण बढ्दै गएपछि नगर पालिकाले सोको रोकथामका लागि नयाँ प्रबिधीबाट रोकथामको अभियान थालेको छ । केही दिन यता नगरको शहरी क्षेत्रमा डेंगुका बिरामी फेला परेका थिए ।

यस अन्तरगत नगर पालिकाले तत्कालै स्वास्थ्य तथा सरसफाईका योजना अघि सार्दै बजारमा रहेका पानी जम्ने स्थान र खाल्डाखुल्डी पुर्नुका साथै जन चेतनामूलक कार्यक्रम मार्फत काम थालेको थियो । त्यस संगसंगै हाल नेपालमै पहिलो पटक फोमिंग प्रबिधी मार्फत स्प्रे गर्ने कार्य संचालन गरेको छ । नगर पालिकाका स्वास्थ्य संयोजक खगेन्द्रप्रसाद दंगालका अनुसार यो प्रबिधी यस क्षेत्रका लागि नौलो प्रयोग हो ।

जसका माध्यमबाट डेंगु लगायतका मलेरिया मर्नेछन् । यो कार्यक्रम अघि सारिएपछि बातावरणीय सरसफाइमा ध्यान दिने हो भने अब डेंगुको संक्रमण बढ्ने छैन । बिर्तामोड नगर पालिकाका मेयर धु्रबकुमार शिबाकोटीले अब नगरले कुनै पनि स्वास्थ्य लगायतका समस्या आइपरे तत्कालै समाधान गर्ने नीति अबलम्बन गर्ने भएको छ । स्वास्थ्य जस्ता समस्याले दीर्घकालीन असर पार्ने भएका कारण यसमा अझ बढी सजगता अपनाउनु पर्नेमा उहाँको जोड थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर