Aamsanchar

मिथिलाञ्चलमा भैयादुज पर्व मनाइँदै

Author Image
शनिवार, कार्तिक ४, २०७४

गौशाला,

आआफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै दिदीबहिनीले आज महोत्तरीलगायत मिथिलाञ्चलभरिमा भैयादुज पर्व मनाइरहेका छन् ।

एकाबिहानै गाउँशहरको चौबाटामा गएर विभिन्न लोकगीत र नाचगानका साथ दिदीबहिनीले गाईको गोबर र केराउका दाना (बजरी)लाई ओखलमा कुटेर दाजुभाइको दीर्घायुको कामना गरेका छन् । उनीहरुले ओखलमा गोबरसँगै कुटिएको केराउका दाना गोबरबाट झिकेर धोई पखाली आआफ्ना दाजुभाइलाई मिठाइ, लड्डु वा पेडासँगै ‘बजरी’ खुवाएका छन् ।

दिदीबहिनीहरुले ‘‘बजरी खैया भैया बजर होइहा, दान नदिहा दरिद्र होइहा’’ (अर्थात् बजरी खाएर अमर बन्नू, दान नदिए दरिद्र बन्नू ) गाउँदै दाजुभाइलाई आँगनमा बसाई माला, फूल, चन्दन लगाई बजरी खुवाएर भैयादुज पर्व मनाएका छन् ।

दिदीबहिनीले दाजुभाइलाई बजरी खुवाएपछि दाजुभाइले आआफ्ना गच्छेअनुसार दिदीबहिनीलाई उपहार र कोसेली दिने गर्छन् । दाजुभाइले आजका दिन दिदीबहिनीलाई सुन, चाँदी, कपडा र अन्य विभिन्न कोसेली र उपहार दिने गर्छन् । मिथिलाञ्चलमा भैयादुज पर्व निक्कै उल्लास र खुशीका साथ मनाइन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)