Aamsanchar

विर्तामोडमा भएको एक कार्यक्रममा भयो सर्वाधिक रक्त संकलन

Author Image
आइतवार, कार्तिक १९, २०७४

बिर्तामोड ,कार्तिक १९। मारवाडी सेवा समिति बिर्तामोडको मुख्य आयोजनामा ९ वटा संस्थाले संयूक्त रुपमा कार्तिक १८ र १९ गते विर्तामोडमा सम्पन्न दुई दिवसीय रक्तदान शिविरमा झापामा अहिले सम्म सर्वाधिक संख्यामा रगत संकलन गरिएको छ।

मारवाडी सेवा समिति ,बिर्तामोड आयोजक र अग्रसेन भवन ,मेची माहेश्वरी सभा ,बिर्तामोड मारवाडी ब्राम्हण समाज र जैन श्वेतांबर तेरापंथ सभा सह आयोजक रहेको सो रक्तदान शिविरमा १४ महिला सहित १५२ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला झापा शाखाले जनाएको छ ।

विर्तामोडमा रगतको अभाव भएको जानकारी पाएपछी रगत संकलनमा रोट्रयाक क्लव अफ बिर्तामोड मिड टाउन ,मारवाडी महिला ,यूवा तथा कन्या मंच को सहयोगमा संचालित सो शिविरको उद्घाटन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाका अध्यक्ष लोकराज ढकालले गर्नू भएको थियो।

नेपाल राष्ट्रिय मारवाडी परिषद का केन्द्रीय सदस्य उमेश डालमियाको विशेष आतिथ्यमा र नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडका अध्यक्ष संजेश शिवाकोटीको आतिथ्यमा सम्पन्न सो औपचारिक कार्यक्रमको सभापतित्व सुरेश कुमार अग्रवाल भद्रपुरेले गर्नु भएको थियो । कार्यक्रमको संचालन अग्रसेन भवनका अध्यक्ष शिवकुमार अग्रवालले गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी उप शाखा बिर्तामोडको प्राविधिक सहयोग रहेको सो शिविरमा लायन्स ,रोटरी ,रोट्रयाक ,राउण्ड टेबल ,माहेश्वरी महिला मंच, नमस्ते प्लाईवुड ईण्डष्ट्रिज प्रा लि चारपाने ,सनराइज नेपाल वेभरेज एण्ड फूड्स प्रा लि ,समाजसेवी नविन गट्टानी लगायतको सहयोग रहेको जानकारी समिति का सदस्य बाबुलाल वंशलले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर