Aamsanchar

काठमाडौमा रगतको अभाव : रक्तसञ्चार केन्द्र बालकुमारी बाट ताहाचल लैजाने

Author Image
सोमवार, कार्तिक २०, २०७४
नेत्र बिक्रम बिमली 

काठमाडौ २० कात्तिक । नेपाल रेडक्रस सोसाइटी रक्त सन्चार सेवा केन्द्रले रगतको चरम अभाव भएको भन्दै रक्तदान गर्न युवाहरूलाई आह्वान गरेको छ । स्थानीय चुनाव र दसै तिहार जस्ता चाड पर्वको कारण रगतको अभाव भएको केन्द्रिय रक्त सन्चार केन्द्रले जनाएको छ ।
 
रगतको अभाव भएपछि भिर्कुटिमण्डप स्थिति भुकम्प ले क्षति भएको रक्तसञ्चार केन्द्र भएकै ठाउमा अस्थाई शिबिर सन्चालन गरेर रक्त सङ्ग्कलन गरिएको बरिस्ठ नर्सिङ स्ठाप धन भन्डारिले बताएकी छ्न । बैशाख १२ २०७२ को भुकम्प पछि केन्द्रिय रक्तसञ्चार सेवा केन्द्र बालकुमारी स्थित ललितपुर रेडक्रसमा सरेको छ ।
 
रक्तसञ्चार केन्द्र ललितपुर गए बाट सर्ब सधारणहरुलाइ भने ज्यादै कठिनाइ परेको डाक्टर तथा बिरामीका आफन्तजन ले बताउने गरेका छ्न । २ बर्ष बितिसक्दा पनि रेडक्रसले रक्तसञ्चार सेवा केन्द्रको भवन बनाउने तरखर समेत नगरेको ले भवन बन्ने कुरामा सन्खा उब्जिएको छ। नेपाल रेडक्रस ले भवन बनाउनको सट्टा बाल कुमारी बाट रक्त सन्चार केन्द्र रेडक्रसको केन्द्रिय कार्यलय रेडक्रस मार्ग ताहचल सार्न लागेको कुरा रक्तसञ्चारका एक कर्मचारी ले बताएका छ्न ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 365

प्रतिक्रिया (०)

सम्बन्धित खबर