Aamsanchar

झापामा मंसीर २ देखि स्वास्थ्य महोत्सव हुँदै

Author Image
बिहिवार, कार्तिक २३, २०७४

बिर्तामोड।

झापामा स्वास्थ्य महोत्सव हुने भएको छ ।वीएण्डसी अस्पताल बिर्तामोडले मंसीर २ देखि ६ गतेसम्म पूर्वाञ्चलस्तरीय स्वास्थ्य महोत्सव गर्न लागेको आज अस्पताल परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ ।

महोत्सबको उद्घाटन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताइएको छ । महोत्सवमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विशेष आतिथ्य रहने अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिनुभयो ।

स्वास्थ्य महोत्सवमा नेकपा (एमाले) अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पनि स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । स्वास्थ्य महोत्सवमा दैनिक एक हजार बढीको निःशुल्क स्वास्थ्य परीक्षण गरिने बताइएको छ । अस्पतालमा ८२ जना विशेषज्ञ चिकित्सक रहेको र डा भगवान कोइराला सहित मेदानन्त अस्पतालका डा नरेश तेरहानसमेतको आत्थिय रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

अस्पतालकी अध्यक्ष इन्दिरा गिरीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा महोत्सव समय अवधिभर ओपीडी निःशुल्क, ल्यावमा २० प्रतिशत छुट, सीटी स्क्यान र एमआरआईमा १५ प्रतिशत, औषधिमा १० प्रतिशत, छुट गरिने बताइएको छ ।

महोत्सव सम्पन्न गर्न झण्डै दुई करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको कार्यकारी निर्देशक प्रसाईले बताउनुभयो । महोत्सवमा पूर्वाञ्चलका विभिन्न जिल्लामा विरामीले सेवा लिन सक्ने र विरामीलाई निःशुल्क सवारी साधनसमेत उपलब्ध गराइने अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर