बृख प्रधानका आठ आयाम

आफ्ना विषयमा खरो उत्रने,भौतिक परिवेशलाई आधार मान्ने,यथार्थ कुरा गर्ने,चाकडी –चाप्लुसी नरुचाउने,अन्याय–अत्याचारविरुद्ध हर्दम निर्मम् हुने विश्लेषणात्मक प्रखर क्षमता राख्ने सङ्गठनको परिचय कमाएका प्रधानको लिइसकेको कुशलतापूर्वक सम्हाल्न सक्ने क्षमता छ । उहाँको राजनैतिक जीवनमा छल्कने न कनै धारको असर छ,न कुनै खहरेको प्रभाव छ,न कुनै आक्रोस मुहारमा भेटिन्छ,न कुनै उत्तेजना छ न कहिल्यै पार्टी अदलबदलको परिचय छ,न कुनै निरपेक्षीय समूहबन्दी छ अवसर पाइएन भनेर न कुनै सुस्ती छ,ओहदाको आडमा न कुनै फूर्ति छ,न कुनै दम्भ छ,न कुनै आडम्बर छ,सधैं एकनाशे जीवनशैली छ,सधैं निरन्तर–निरन्तर एक वेगले अघि बढिरहेको बृख प्रधानमा अन्य नेताभन्दा अनेक गुणमा फरक विशेषता छन् । अध्ययन,अनुसन्धान,चिन्तन,संङगठन,व्यवहार,नैतिकता क्षेत्रमा उहाँका जुन फरक विशेषता छन्,तिनले नेपालको लोकतान्त्रिक गणतन्त्र र वामआन्दोलनमा एउटा इटा थप्ने काम गरेको छ । २०१२ साल कार्तिक ११ गते ताप्लेजुङ्ग गा.वि.स.स्थित सुरुङखिममा जन्र्मी हुर्की गर्नुभएका बृख बुबा स्व. हस्तविर प्रधान र आमा स्व.नर माया प्रधानको कान्छा सुपुत्र हुनुहुन्छ,पाँच दशकदेखि अर्जुनधारा नपा. वडा नं ११ सालबारी,झापामा बसोबास गदै आउनुभएको छ । उहाँ मंसिर २१ हुने निर्वाचन क्षेत्र २ प्रदेश सभा २ का संयुक्त बामगठबन्धन राष्ट्रियवादी शक्तिका तर्फबाट उम्मेदवार रहनुभएको छ । अहिले हाम्रो ध्यान प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनतर्फ खिचिएको छ । यतिबेला उहाँको बारेमा स्पष्ट्र हुन आवश्यक छ । यही परिप्रेक्ष्यमा बृख प्रधानको जीवनसैली र प्रेरणदायि रोचक त छँदै छ, उहाँको गुण र योगदानबारे मैले बुझेसम्म केही कुरा प्रस्तुत गर्न चाहन्छु । प्रधानसँगको कुराकानी र उहाँसँग सहकार्य गर्न साथीहरुको भनाईमा आधारित रहेर निम्नलिखित विशेषता पाएँ ।

झापा आन्दोलनले जन्माएको झिल्को : झापा आन्दोलनले २०२८ सालमा एउटा तरङ्ग कम्युनिष्टहरुमा ल्यायो । त्यही पेरिफेरिमा बृख जानेर या नजानेर आन्दोलनमा होमिनुभयो । गरीबले खेत जोप्ने र धान लहलह फल्ने साहुले तिनै किसान लगाएर धान थन्क्याउने तर ती काम गर्ने जनता भोकभोकै मर्नु पर्ने अवस्था थियो । जमिनदारहरु संक्रीय थिए,उनीहरु गरिबलाई दमन गर्न थाले । जसले गर्दा उहाँमा उकुस,मुकुसको भावना पैदा उत्पन्न हुन् पुग्यो । बदलाको भावना जाग्यो,त्यसपछि कम्युनिष्ट पार्टीको नजिक रहे,आफूलाई समर्पित गदै लगे । भष्ट्रचारले जनतालाई आक्रान्त बनाएपछि विरोधको आन्दोलनको निम्ति धान चामल निर्यात कम्पनी मंहगो भएपछ्रि विभिन्न आन्दोलनमा संक्रिय भएर अघि बढे । जमिनदारको शोषण विरुद्ध धुलाबारी,भद्रपुर लगायत स्थानमा नारा जुलुसमा समेत उपस्थिती रहयो । भूमिगत कालिन जीवनमा अत्यन्तै कष्ट्रकर हुन्छ तर मैले भरपूर सदुपयोग गरे । बजार उपलब्ध हुने पुस्तक,पत्रपत्रिका खोजी खोजी पढ्ने मेरो बानी थियो । चीनमा कम्युनिष्टले गरेको क्रान्ति नामक सचित्र चीन भन्ने पत्रिका पढ्न थालेपछि कम्युनिष्ट आन्दोलनमा लाग्ने अठोटमा पुगे । सचित्र चीन पत्रिकाको किसान आन्दोलन शोषण उत्पीडन,मुक्तिको विषय सम्बन्धी लेखिएको रहेछ, मेरो मन असाध्यै छोयो । कम्युनिष्ट साथीहरुको सल्लाह र चीनमा कम्युनिष्ट पार्टी विजयोन्मुख रहेको अवस्था बुझेर कम्युनिष्ट पार्टीको सदस्य भएर हिड्न मन लाग्यो । झन उषा पत्रिका,धरानबाट एउटा कम्युनिष्टहरुको मुखपत्र निस्कन्थ्यो त्यो पनि उत्तिकै मात्रामा पढ्ने गर्थे । वियतनाम नामक योद्धा क्रान्तिको न्युगेन प्रयास विषय पुस्तक पढ्थे, सामाजिक विभेद विरुद्ध अनवरत रुपमा पौठेजोरी खेल्दै क्रान्तिकारी स्वभाव भएका व्यक्तिलाई त्यो बेला चुम्बक झैं तान्छ,मैले पुस्तक पढे जस्तो वास्तवमा अनेरास्वयुका साथीहरुको व्यवहार मिल्थ्यो,त्यसपछि नियमित पार्टीको माध्यबाट सम्पर्कको काम हुनथाल्यो ।

सेल्टर नै विश्वविद्यालय : उहाँ ०३६ सालदेखि भूमिगत गतिविधिको बारेमा कम्युनिष्ट आन्दोलन विद्यार्थी,किसान,जनसांस्कृतिक मञ्चमा आम्बद्ध भएसँगै संङ्गठनात्मक काममा अघि बढ्नुभएको थियो । त्यस्तै शनिश्चरे सालबारीमा एउटा भूपू विद्यार्थी संगठनको आम्बद्ध हुन् पुगे । केन्द्रिय कमिटिमै रहने नेतृत्वदायि हैसियत भएका नेताहरु अमृत बोहोरा,इन्द्र बुढाथोकी,मेनुका काफ्ले,कालीदास श्रेष्ठ,अष्टलक्ष्मी शाक्य,नारायणसिंङ्ग राजवंशी,बेदराज रेग्मी,धर्मकला चुडाल,देवकुमार आचार्य लगायत कमरेडको सेल्टर मेरो घर थियो,यो ०४२ सालको कुरा हो । घरमै पार्टीको राजनैतिकको केन्द्र भएपछि सहज त हुँदै भयो मेरो राजनैतिक जिवनको विश्वविद्यालय समेत हुन पुग्यो । नेताहरु बीचमा त्यो बेला नेपालमा सामन्तवादी र सम्राज्यवादी प्रभुतवलाई सदाका निम्ति अन्त्य गर्ने,आम नागरिकलाई पूर्ण स्वतन्त्रता ,लोकतन्त्रिक गणतन्त्र,मौलिक अधिकार,आर्थीक अधिकारहरुको प्रत्याभूति दिने लगायतका विषयमा छलफल हुने गथ्र्यो ।

संङ्गठनमा भूमिका ०३७ सालदेखि भूमिगत गतिविधिको सरिक भई विद्यार्थी,किसान,जनसांस्कृतिक पार्टीका फाँटहरुमा काम गरे । शनिश्चरे सालबारीमा भूपू विद्यार्थी संगठनको सदस्यमा भएर काम पनि गरे । त्यसताका कम्युनिष्ट पार्टीको संक्रीय दल,पार्टी संक्रीय दल भन्ने एउटा कमिटि थियो । यो ०४१ सालको कुरा हो । म त्यसमा रहेर काम गर्न थाले । उहाँको जनपक्षीय उम्मेद्धवार दौडचार्य क्षेत्रीलाई विजय गराउन समेत वहाँको विशेष भूमिका रहयो ।
०४७ मा अर्जुनधारा,शनिश्चरे गाँउ कमिटि सदस्य हुँदै अखिल नेपाल किसान संघ क्षेत्रीय सचिव,इलाका कमिटि सदस्य हुँदै सचिव, क्षेत्रीय सम्वन्य कमिटिको सदस्य,इलाका कमिटि सचिव,०५४ जिल्ला विकास समिति झापाको सदस्यमा निरविरोध निर्वाचित हुन् पुगे । सोही बेला पार्टी विभाजनपछि धरायासी भएको पार्टीलाई जोड्न मुख्य भूमिका रहयो । ०५६ सालमा के.पी ओली उम्मेद्धवार हुँदा स्वसेवक कमान्डर थिए, संघीन घडीमा अत्याधिक युवा साथीहरु परिचालन गदै विजय हुन सफल भइयो । त्यसपछि म शनिश्चरे अर्जुनधारा–५ इलाका सचिव २ कार्यकाल हुँदै बुधबारे शनिश्चरे–९ नम्बर इलाका सचिव समेत भए । छौठौं अधिवेसनबाट जिल्ला सदस्यमा निर्वाचित भए,सातौं अधिवेसनमा उपसचिव पदमा उम्मेदवारी दिएको थिए केही मतले पराजित भए,त्यसपछि पार्टीको नयाँ संमरचना अनुसार राष्ट्रिय प्रतिनिधि परिषद सदस्यको जिम्मेवारी सहित मेची अञ्चल समन्वय कमिटिको सदस्य भएर काम गदै आए वर्तमानमा प्रदेश नम्बर–१ कमिटिको सदस्यको जिम्मेवारी रहेको छ ।

सामाजिक क्षेत्रमा नेतृत्व: जीवनको पूर्णकालिन कार्यकर्ता भएर अहोरात्र खट्ने प्रधान पार्टीगत काम मात्र होइन । सामाजिक क्षेत्रमा समेत उतिकै समर्पित हुँदै सफलता पूर्वक विभिन्न जिम्मेवारीे बहन गरिसक्नु भएको अनुभव छ । गरिरहनुभएको छ ,उहाँको योग्यता,क्षमता,समाजप्रतिको निरन्तर पत्याएको अवस्था,यसबाट उहाँले प्राप्त गरेको अनुभव,स्वप्नशीलता,सोच्न सक्ने क्षमता योजना निर्माणमा कर्तव्यण्यता,दुरद्रष्टारणकौता सन्तुलनकारी भूमिका, नयाँपनको अपेक्षा पूरा गरेको हुँनाले विभिन्न सामाजिक क्षेत्रमा पटक–पटक नेतृत्व समालिसक्नु भएको छ । महारानीगञ्च माध्यामिक विद्यालयको दुई कार्यकाल व्यवस्थापन समितिको अध्यक्ष,दुई कार्यकाल आदिवासी जनजाति महासंघ शनिश्चरे गाँउ समितिको अध्यक्ष,अर्जुनधारा नगर आदिवासी जनजाति महासंघ समन्वय परिषदको अध्यक्ष,नेपाल बहुउदेश्यीय सहकारी संस्थाको कृषि समितिको संयोजक,सालबारी खानेपानी सरसफाई समितिको संस्थापक रहँदै चार कार्यकाल अध्यक्ष रहेर काम गरिरहनु भएको छ । सुखानी सहित स्मृति प्रतिष्ठानको केन्द्रिय कार्यकारी सदस्य,सहिद उद्यानको अध्यक्ष हुनुहुन्छ । सहिद उद्यान केन्द्र र शनिश्चरे बजार परिसरमा रहेको आदिवासी जनजाति,दलित भवन उहाँको नेतृत्वमा अघि बढेका बताइन्छ ।

विश्लेषण गर्ने क्षमता: विश्वविद्यालय शिक्षाका अतिरिक्त माक्र्सवादी दर्शन,चिन्तन,समुदायबाटले लिएको शिक्षा,दिक्षाले उहाँमा विश्लेषणमूलक अध्ययन गर्नेहरुमा अग्रपङक्तिमा हुनुहुन्छ । बजारमा उपलब्ध पुस्तक खोजी खोजी पूरै समय लगाई अध्ययन गर्ने बानी रहेको छ । इतिहास,दर्शन,समाजशास्त्रजस्ता विषयमा उहाँको अध्ययन गहिरो पाइन्छ । प्रधानको मौलिक प्रतिभा,जीवनको संङ्घर्षको अनुभव र अध्ययनको गम्भीरताले उहाँमा विश्वको समुदाय साराश हेरेर निष्कर्ष निकालने र सुदुर भविष्यको योजनाबारे स्पष्ट रुपमा सोच्न र यसबारे बोल्न सक्ने विश्लेषण क्षमताको विकास भएको पाइन्छ ।
मनु राजनैतिक परिवर्तनको आन्दोलनमा
झापा आन्दोलनबाट उत्प्रेति भएका बृख पार्टी भूमिगत अवस्थामा मनु नामले चिरपरिचित रहनुभयो, ०४६ सालको संयुक्त जनआन्दोलनमा अग्रसर हुनुभयो । मुलुकलाई परिवर्तन,कम्युनिष्ट,उदीयमान शक्ति सहित राष्ट्रवादी शक्ति मिलेर अघि बढे मात्र स्थिर सरकार मार्फत जनताका चाहना पूरा गर्ने सकिन्छ भन्नुहुन्छ । ०६२/०६३ को आन्दोलनमा समेत उहाँको संक्रीय भूमिका पाइन्छ । आन्दोलनमा अग्रणी भागमा उभिन नडराउने बृख राजनैतिक परिवर्तनको आन्दोलमा देश र जनताको निम्ति आफूलाई सधैं सरिक गराउनुभयो ।

आर्थिक पारदर्शिता: घाँटीमा मालाझैं हरदम चश्मा झुन्ड्याएर हिड्ने बृखले नेतृत्व गरेका एक दर्जनभन्दा बढी संघसंस्थाहरुको आर्थिक प्रबन्धमा अत्यन्तै पारदर्शिताको भएको पाइन्छ । धन कमाउन सुखसयल व्यतित गर्न व्यक्तिगत लाभ लिन कहिल्यै लाग्नुभएन,धन भन्दा उहाँलाई समुदाय र त्यसको परिवर्तन गर्ने कुरा प्यारो लाग्यो रे । उहाँले समुदाय र त्यसको परिवर्तनको निम्ति आफनो पैसा समेत खर्चिन पछि नपरेको इतिहास पाइन्छ ।

सादा जीवन,दुखको घडीमा धैर्य र सन्तृष्टि: बृखको जीवन ज्यादै सादा र सरल छ । पहिरन आदि अत्यन्तै साधारण जीवनशैली देखिन्छ । २०१२ सालमा जन्मलिनुभएका उहाँ ६ वर्षको हुँदा आमा नरमाया प्रधानको निधन भएछ,आमाको ममता पाउनुभएन । मध्ववर्गीय परिवारमा हुर्कीनुभएका बृख ०२३–०२८ सम्म जीवन कष्ट्रकर हुन पुगेछ । हातमुख जोर्ने समस्या भयो,एकछाक खाना खाएर गुजारा गर्नुप¥र्या । घर बनाउन नसकेर केही वर्ष गुवालीमा बस्नुपर्ने बाध्यता रहयो, उहाँका बुबा स्व.हस्तबिर प्रधानको सोझोपनको फाइदा त्यो बेलाका जाली फटाँहरुले लिएछन्,मुद्रा लगाइदिने,पैसा फिर्ता नगर्ने जस्ता समस्या झेल्नुपरेको रहेछ । हारगुहार गदै हिडेर बुबासँग उहाँ चन्द्रगढी सम्म पुग्ने गर्नुहुदो रहेछ । आठ बिघा जमिनबाट मुद्रा लड्दा लड्दै डेढ बिघामा सिमित हुन पुग्यो,साहुँमाजन,जालीफँटाहरुले दुख दिएर धानको उत्पादन राम्रो सँग हुन सक्दैन थियो,त्यसैले जमिनमा मुसाले लगेको धानबाट चामल बनाएर खानु पथ्र्यो । डेढ बिघामा सिमित रहेको जमिन उहाँसँग १५ कट्ठा मात्र रहेको छ ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com