Aamsanchar

‘कार्टुन्ज क्रु’को नयाँ म्युजिक भिडियो एक दिनमै ट्रेडिङ ३ मा

Author Image
आइतवार, कार्तिक २६, २०७४

काठमाडौं । नेपालको चर्चित नृत्य समूह ‘कार्टुन्ज क्रु’ले शुक्रबार साँझ सार्वजनिक गरेको नयाँ गीतको म्युजिक भिडियो एक दिनमै यू ट्युबको ट्रेडिङ ३ मा उक्लेको छ ।

राम्रो कथावस्तुसहित प्रस्तुत क्रूको ‘दिलको भित्तैमा’ बोलको म्युजिक भिडियो बिहीबार साँझ यू ट्युबमा सार्वजनिक गरिएको थियो ।

शनिबार साँझसम्म यो म्यूजिक भिडियो ४ लाख २७ हजार ७ सय जनाले हेरिसकेका छन् । त्यसैगरी १ हजार १ सय १३ जनाले यो गीतबारेमा यू ट्यूबमै कमेन्ट पनि गरेका छन् ।

अल्मोडा राना उप्रेती, यन्जिला रेग्मी र नवीन रावलले स्वर भरेको यो म्युजिक भिडियोको गीत मिलन विष्टले लेखेका हुन् । यो गीतको एरेन्ज अल्मोडा राना उप्रेतीले नै गरेका हुन् ।

‘दिलको भित्तैमा’ म्युजिक भिडियोको निर्माण सरोज अधिकारीले गरेका छन् भने कोरियोग्राफी सरोज र आश्मा विश्वकर्माले गरेका हुन् ।
यो म्युजिक भिडियोमा समुहका सदस्यहरू सरोज, रिमाका साथै लाक्पा लामा, राम घले, सुबिन अधिकारी र विकास राईको फिचरिङ रहेको छ ।

भिडियो हेर्नुहोस्

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)

सम्बन्धित खबर