मधुमेह : महिला, आहार र कसरत

(सुरेश खतिवडा)

खानपिनमा आफूलाई सौखिन र आफैंले आफूलाई सौखको हिसाबमा शान्तिनगरका पारस भन्न रुचाउने ज्ञानबहादुर अधिकारी त्यतिबेला मात्र झस्किए । जब नेपालमै पहिलो पटक आयोजना भएको ‘प्रथम राष्ट्रिय स्वस्थ्य महोत्सव २०७३’ मा काठमाडौंबाट आएका मुटुरोग विशेषज्ञबाट आफ्नो मुटुको अवस्था थाहा पाउन आउँदा गरिएको रक्त परीक्षणमा आफूलाई चिनी रोग भएको पत्तो पाए ।

त्यतिबेला ज्ञानबहादुर जस्तै बाहुनडाँगी, शान्तिनगर, दुहागडी, धुलाबारी, काँकरभिट्टा र चन्द्रगढीका करिब पच्चिस हजार र हजुरबुबा–हजुरआमा, काका–काकी, आमा र दिदी–बहिनीहरूले आफूले उपचार नपाएर होइन, जचाउने समय नपाएर र नजचाएर पत्ता नलागेका रोगहरू आफ्नै आँगनमा पत्ता लगाउने अवसर पहिलो पटक पाउनु भएको थियो र निःशुल्क औषधिसहितको उपचार पनि । त्यसताका बेसिक भाइटल स्क्रिनिङमै राखिएको रगतमा चिनी परीक्षण गर्ने सिस्टमका कारण डाइभिटिजका बिरामीहरूको संख्या अधिक भेटिएको स्मरण गर्नुहुन्छ । ‘प्रथम राष्ट्रिय स्वस्थ्य महोत्सव’का परिकल्पनाकार विश्वप्रकाश शर्मा र सहसंयोजक पुष्प पौडेल ।

(सन्दर्भ : विश्व मधुमेह दिवस)

सबैले स्वीकार गर्नैपर्छ । हाम्रा ज्ञानबहादुर त एउटा प्रतिनिधि पात्र मात्र हुन् । हामी सबै दिनदिनै सौखिन र यान्त्रिक प्रविधिमा आश्रित बन्दै गइरहेका छौं । जसले गर्दा हाम्रो शारीरिक चालमा कमी र आराम बढी भइरहेको छ । फलस्वरूप आन्तरिक अङ्गमा हुने मेटाबोलिजम प्रक्रियामा सुस्तता आई विभिन्न रोगहरू लाग्ने क्रमले तीव्रता पाएको छ । यसै प्रसंगमा सुन्दा सामान्य झैं लाग्ने मधुमेह अहिलेको विकराल रूप हो । मधुमेह मधु अर्थात् मह र अमृत जस्तो सुनिने यो रोगको वास्तविकता नाम अनुसार छैन । आज विश्व मधुमेह दिवस मनाइँदैछ ।

आज यही विश्वको समस्याको रूपमा रहेको डाइभेटिज अर्थात् मधुमेह सम्बन्धी सचेतना जगाउने दिन । प्रत्येक वर्ष नोभेम्बर १४ तारिखका दिन विश्वव्यापी रूपमा मनाउने यो दिवस आज स्वास्थ्यसँग सम्बन्धित सरकारी तथा गैरसरकारी तथा निजी संघ–संस्थाहरूले मनाउँदैछन् । यसपटक विश्व मधुमेह दिवसको मुख्य नारा ‘महिला र मधुमेहःहाम्रो स्वास्थ्य भविष्यको अधिकार’ (वोमन एण्ड डाइभिटिज ः आवर राइट टु हेल्थ फ्युचर० सहित सम्पन्न हुँदैछ । यो नाराले प्रमुख रूपमा महिला स्वस्थ्य भए अन्य परिवार र समाज स्वास्थ्य हुन्छ भन्ने कुरालाई प्राथमिकतामा राखेको देखिन्छ । हाल विश्वभरिको मधुमेह रोगीकोे संख्या हेर्ने हो भने गतवर्षको अन्त्यसम्म ४१ करोड ५० लाख वयस्क मधुमेहबाट पीडित रहेको पाइन्छ ।

यही क्रम जारी भए आगामी सन् २०४० सम्ममा यो संख्या ६१ करोडभन्दा माथि पुग्ने प्रक्षेपण एक अध्ययनले गरेको छ । यही तथ्यांकले प्रत्येक सात जीवित जन्ममध्ये एक शिशु ग्यासेसनल मधुमेह भेटिने गरेको छ भने प्रत्येक १० महिला मध्ये १ महिला मधुमेहको रोगी पाइएको छ । जुन तथ्यांकलाई कुनै पनि राष्ट्रले समस्याका रूपमा अगाडि सारी समाधानको उपाय खोजी गरेको पाइन्न । के हो मधुमेह रोग ? धनीको रोग भनेर पहिले पहिले भनिने गरेको मधुमेहले आजभोलि सबै जात, धर्म, लिङ्ग, उमेर र अवस्थाकालाई असर पु¥याइरहेको छ ।

खासगरी थोरै शारीरिक व्यायाम र सम्रान्त जीवनशैलीका कारणले रगतमा चिनीको मात्रा खपत नभई बढिरहने अवस्था आउने हुँदा यसलाई त्यसो भनिएको हुन सक्दछ । यो प्याङ्क्रियाज नामक अङ्गको एक भागबाट उत्पादन हुने इन्सुलिनकोे कमी, उत्पादन नै नभएर (पहिलो प्रकारको मधुमेह, तथउभ यलभ म्ः) या शरीरका कोषहरूले त्यसप्रति प्रतिक्रिया नै नदेखाएर (दोस्रो प्रकारको मधुमेह,type two DM) रगतमा चिनीको मात्रा बढ्ने अवस्था हो । हामीले खाएका पदार्थहरू रासायनिक प्रक्रियाद्वारा विभिन्न चरण पार गर्दै चिनीमा परिवर्तन हुन, रगतमा घोलिने र त्यसलाई नियन्त्रण गर्ने प्रक्रिया नहुने हुँदा शरीरमा चिनीको मात्रा बढ्न जान्छ । अर्थात् यो एक मेटाबोलिजम प्रक्रियामा समस्या आएर देखिने अवस्था हो ।

यही समस्या गर्भवती महिलाहरू तथा शिशुहरूमा देखिने (तेस्रो प्रकारको मधुमेह Type three DM क्रम हाल बढ्दै गएको छ र आजको नाराले समेत यो समस्या बढेमा विश्वमा मधुमेहले विकराल रूप लिने भन्दै त्यसको निराकरणको लागि सबैले सचेतना कार्यक्रम लागू गर्नुपर्ने प्राथमिकताका साथ आवाज उठाएको छ । मधुमेहमा के–कस्ता लक्षण तथा चिन्हहरू देखा पर्छन् ? 

– सामान्यतया केही लक्षण तथा चिन्हहरू नभए पनि मधुमेह भएको रक्त परीक्षणमा देखापर्न सक्दछ ।

– बढी थकाइ लाग्ने, अल्छी लागेको महसुस हुने ।

– बढी तिर्खा लाग्ने वा मुख सुख्खा हुने अथवा मुखमा च्यापच्याप गर्ने ।

– छिनछिनमा पिसाब लागिरहने ।

– कहिलेकाहीँ रिँगटा लाग्ने । –

खाना खाए पछाडि तुरुन्तै भोक लागिहालेको महसुस हुने ।

– हातगोडा झमझम गर्ने या निदाउने ।

– शारीरिक सम्पर्कका लागि सक्रिय हुन मन नलाग्नु ।

– धेरै मोटोपना भएका व्यक्तिहरू या धेरै दुब्लाएका व्यक्तिमा मधुमेह परीक्षण गर्न जरुरी छ ।

यसपटकको ‘विश्व मधुमेह दिवश २०१७’ ले विशेष गरी तेस्रो प्रकारको मधुमेह, जुन गर्भवती महिलाहरूलाई हुने गर्दछ, को बारेमा विशेष सतर्कता अपनाउन प्राथमिकता दिइएको छ । महिला परिवारको खानपिनको योजना विशेषगरी बढी सक्रिय रहने हुँदा र सम्पूर्ण परिवारको स्वास्थ्य आहारविहारमै केन्द्रित हुने हुँदा महिला स्वस्थ्य हुनु या सचेत हुनु नै सम्पूर्ण परिवार, समुदाय र राष्ट्रको स्वस्थ्य रक्षा हुनु हो भन्ने मूल आशय रहेको छ ।

रोकथाम र उपचार यस विश्व मधुमेश दिवस २०१७ ले विशेष गरी विश्व समुदायले चार प्रकारका असर गर्ने तत्वहरूमा ध्यान दिए मधुमेह रोकथाम र नियन्त्रण गर्न सकिने नारा ल्याएको छ । जसलाई विश्व स्वास्थ्य संगठन ९ध्ज्इ० ले समेत साथ दिएको छ ।

– सन्तुलित आहार – प्रशस्त र नियमित शारीरिक व्यायाम– उमेर र उचाई अनुसारको तौल कायम राख्नु

– सुर्तीजन्य र मादकपदार्थ बन्द गर्ने या कमि ल्याउनेत्यस्तैगरी मधुमेह लागिहालेको खण्डमा

– नियमित ब्लड प्रेसर चेक गर्ने वा सन्तुलन राख्ने

– रगतमा चिनीको मात्रा हेर्दै गर्ने (सामान्य खालीपेट १२० भन्दा कमि र खानापछाडि या सरदर १६० भन्दा कमि रहनु पर्दछ ।)

– दोस्रो प्रकृतिको मधुमेह भए अनिवार्य रूपमा चिकित्सकको सल्लाह अनुसार औषधिको प्रयोग गर्नुपर्दछ ।

– मोटोपना घटाउने (कहिलेकाहीँ सर्जरीको समेत आवश्यकता पर्न सक्दछ ।)

– गर्भावस्थामा नियम अनुसार नियमित गर्भ परीक्षण ९ब्ल्ऋ अजभअपगउ० मा स्त्रीसँग विशेषज्ञलाई भेट्ने र रगत परीक्षण गर्ने ।

– शारीरिक सरसफाइमा ध्यान दिने, शरीरमा चोटपटक लाग्न नदिने

– कुनै प्रकारको लागूऔषध तथा अन्य दुव्र्यसनबाट टाढा रहने

– अन्य व्यक्तिहरूलाई मधुमेह सम्बन्धी जानेसिकेका कुराहरू प्रसारण गर्ने ।

[email protected]

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com