Aamsanchar

स्कुल डान्स च्याम्पका लागि प्रतियोगी छनौट

Author Image
बिहिवार, कार्तिक ३०, २०७४

चारपाने, कार्तिक ३० । सूर्योदय टेलिभिजनवाट प्रसारण हुने स्कुल डान्स च्याम्प प्रतियोगितको लागि अर्जुनधारा ८ स्थित स्वस्तिका शिशुसदनवाट प्रतियोगिहरु छनौट भएका छन । ड्रिम्स इभेन्ट मेनेजमेन्ट प्रालिको आयोनामा भई रहेको प्रतियोतिका लागि पहिलो दिक्षा मगर, फस्ट रनरअप निरुता विष्ट र सेकेन्ड रनरअप दिपिका चौधरी छनौट भएको स्वस्तिका शिशु सदनका प्रधानाध्यापक बसन्त श्रेष्ठले बताए ।

पत्रकार दिपिन राईको प्रखुम आतिथ्यतामा भएको कार्यक्रममा ८ जना विद्यार्थीले सहभागिता जनाएका थिए । सोकार्यक्रम विद्यालयका संचालक ईश्वरा श्रेष्ठको अध्यक्षतामा भएको थियो । स्कुल डान्स च्याम्पमा झापाका ७० वटा स्कुलका विद्यार्थीले प्रतियोगित्मक रुपमा आफ्नो क्षमता प्रस्तुत गर्ने छन । कार्यक्रममा कुमार भट्टराई, कुमारी भण्डारी, राम श्रेष्ठ, विष्णु श्रेष्ठ, शुनिल थापा नृत्य प्रशिक्षक राज सुब्वा, दुर्गाप्रसाद ओली लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन सोहि विद्यालयका विद्यार्थी सफल लम्सालले गरेका थिए । कृष्ण तामाङ र केविका खत्रीले निर्णयको भूमिका निर्वाह गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 301

प्रतिक्रिया (०)

सम्बन्धित खबर