Aamsanchar

पूर्वाञ्चल स्वास्थ्य महोत्सव :सुनौलो अवसर

Author Image
बिहिवार, कार्तिक ३०, २०७४

प्रदेश नम्बर एक अन्र्तगत झापाको बिर्तामोडमा रहेको बीएण्डसी टिचिङ्ग हस्पिटलले विभिन्न विश्वस्तरीय सेवाहरु प्रदान गर्दै आइरहेको छ । ८२ जना विशेषज्ञ डाक्टरका साथै ८ सयभन्दा धेरै कर्मचारी हरेको बीएण्डसी हस्पिटलले पहिलो पटक मंसिर २ गतेबाट ६ गतेसम्म पूर्वाञ्चल स्वास्थ्य महोत्सवको आयोजना गरेको छ । यसैसन्र्दभमा महोत्सवको तयारी र उद्धेश्यका बारेमा हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईसंग आमसञ्चार आनलाईनका नरेन्द्र ढकालले गरेको कुराकहानीको सम्पादित अंश–

 


महोत्सवको तयारी कहाँ पुग्यो ?

– हस्पिटलले पहिलो पटक आयोजना गर्न लागेको पूर्वाञ्चल महोत्वसलाई भव्य रुपमा सम्पन्न गर्न हामी सबै लागेका छौं । अहिले धमाधम स्वागतद्धारहरु बनाउने काम भइरहेको छ । मेची अञ्चल सहित प्रदेश नम्बर १ मा चार वटा स्वागतद्धारहरु निर्माण गर्ने छौं ।

स्टेजहरु बनाउने काम भइरहेको छ । हामी निर्धारित समयमा नै कार्यक्रम सुरु गर्ने तयारीका साथ लागेका छौं ।

महोत्सव गर्नुको उद्धेश्य के हो ?

– महोत्सव गर्नुको मुल उद्धेश्य भनेको मेची अञ्चलमा रहेका २९ लाख जनतालाई सर्वसुलभ रुपमा सेवा प्रदान गर्नु हो । हामीले महोत्सव मार्फत ओपिडिमा निःशुल्क गरेका छौं । ल्याब, सर्जरी लगायतका विभिन्न सेवाहरुमा विशेष छुट दिएका छौं । हाम्रो उद्धेश्य भनेको मेची अञ्चलका कसैले पनि विभिन्न रोगका कारण अकालमा नै ज्यान गुमाउनु नपरोस् भन्ने हो ।

कार्यक्रमको उद्घाटनमा को–को आउदैं हुनुहुन्छ ?

– विलकुल स्वास्थ्य महोत्सव भएपनि हामीले कार्यक्रमको उद्घाटनमा भने पूर्वप्रधानमन्त्रीद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल(प्रचण्ड) आउदैं हुनुहुन्छ । उहाँहरुले मेची अञ्चलका २९ लाख जनतालाई बीएण्डसी हस्पिटलबाट सम्बोधन गर्नुहुने छ ।

बीएण्डसी हस्पिटलमा उहाँहरुले स्वास्थ्य परिक्षण समेत गराएर कार्यक्रमको उद्घाटन गर्नु हुने छ । यो हामी सबैका लागी एउटा सुनौलो अवसर पनि प्राप्त भएको छ ।

बीएण्डसी हस्पिटलले मेडिलक कलेजको सम्बन्धनका लागी धेरै पहल गरेपनि प्रप्त गर्न नसक्नुको कारण के लाग्छ ?

– हो तपाईले सहि विषय उठाउनु भएको छ । हामीले सबै मापदण्ड पुरा गरेका छौं । पटक–पटक यो विषय उठायौं तर र्दुभाग्य भनौं बीएण्डसी हस्पिटललाई राजनीतिक अखडा बनाउने काम भयो । एउटा हस्पिटल निर्माण गरेर सम्बन्धन माग्दा यसलाई राजनीतिक कारण बनाएर रोक्नु भनेको मेची अञ्चलका २९ लाख जनतामाथिको अन्याय हो ।

हामीले हस्पिटल खोल्नु भनेको यो ठाँउको विकास र यहाँका जनताले स्वास्थ्य उपचार पाउन भन्ने हो तर यसलाई गोविन्द केसी तथा कांग्रेसका नेताहरुले आफ्नो राजनीतिक दाउपोचको रुपमा लिएका छन् । म कुनै एउटा पार्टीमा आस्था राख्नु स्वभाविकै हो तर मैले यो पार्टीकालाई मात्र उपचार गर्छु भनेर कहिले भनिन् तर कांग्रेस र वर्तमान सरकारले कुन पार्टीको मान्छे हो भनेर राजनीतिक हिसाबले हेर्नु चाँही हामी पूर्वाञ्चलबासीका लागि अन्याय हो ।

स्वास्थ्य महोत्सवमा कतिले सेवा पाउने छन् ?

– स्वास्थ्य महोत्सवमा विभिन्न रोगहरुको परिक्षण गर्ने एउटा अवसर हो । हामीले विभिन्न छुटको पनि ब्यवस्था गरेका छौं । उद्घाटनको दिन एक लाख मानिस आउने अपेक्षा गरेका छौं । दैनिक उपचारका लागी दुई हजार जनता बिरामीहरु आउने अपेक्षा गरेका छौं ।

अहिले नै दैनिक ७–८ सय बिरामीले दैनिक सेवा लिइरहेका छन् । यो महोत्सवमा अझ धेरै बिरामीहरुले स्वास्थ्य परिक्षण गर्ने अवसर प्राप्त भएको छ । हामीसंग रहेका ८२ जना विशेषज्ञ डाक्टरका साथै काठमाण्डौं, भारतको मेदान्त लगायतका अस्पतालबाट समेत विभिन्न विषेशज्ञ डाक्टरहरु आउने छन् । आफ्नै घर आँगनमा सबै रोगको परिक्षण गर्ने एउटा अवसर पनि बनेको छ । यो स्वास्थ्य महोत्सव ।

अन्त्यमा के भन्नु हुन्छ ?

– बीएण्डसी टिचिङ्ग हस्पिटलले आयोजना गरेको पूर्वाञ्चल स्वास्थय महोत्सवमा सबैले मेची अञ्चलबासीका साथै पूर्वका बासिन्दा तथा भारतका विभिन्न स्थानका जनतालाई सहभागि भइदिन आग्रह गर्दछु । बीएण्डसी महंगो छ भन्ने भ्रममा नपरौं ।

हामी श्रमजीवि जनताको उपचार गर्नका लागी अस्पताल खोलेका हौं । यो हामी सबैको साझा मन्दिर हो । एक पटक आफैंले आएर बुझे हुन्छ कसैको हौवाको भरमा नपर्नु होला । साथै स्वास्थ्य महोत्सवमा आएर मौकाको फाइदा उठाउन नभुल्नु होला मंसिर २ गतेबाट महोत्सव सुरु हुदैं छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 206

प्रतिक्रिया (०)

सम्बन्धित खबर