Aamsanchar

पहिलो पटक सेमिफाइनलमा पुगेको नेपालले अफगानिस्तानसँग भिड्दै

Author Image
बिहिवार, कार्तिक ३०, २०७४

काठमाडौँ,

एसिसी उन्नाइस वर्षमुनिको युथ एशिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पहिलो पटक पुगेको नेपालले  शुक्रबार अफगानिस्तानको सामना गर्ने भएको छ ।

मलेसियाको किनररा ओभल मैदानमा हुने खेलमा नेपालले विजय लक्ष्यका साथ अफगानिस्तानको सामना गर्नेछ । दुवै टोलीले अहिलेसम्म युथ एशिया कपको फाइनल पुग्न सकेको छैन । त्यसैले पनि दुवै टोली नयाँ इतिहास रच्ने दाउमा छन् ।

समूह ‘ए’ मा रहेको बंगालादेशले सोही समूहको भारतलाई आठ विकेटले पराजित गरेपछि नेपाल समूहको उपविजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

समूह चरणको खेलमा तीन खेल खेलेको नेपालले दुई खेलमा जित तथा एक खेलमा हार बेहोरेको थियो । नेपालले बंगलादेशसँगको पहिलो खेलमा दुई विकेटले पराजित भएको थियो भने भारतलाई १९ रन तथा आयोजक मलेसियालाई आठ विकेट पराजित गरेको थियो ।

यु–१९ उमेर समूहको एशिया कपमा तीनपटक च्याम्पियन बनेको भारत लगातार दुई खेलमा पराजित हुँदै यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ भने आयोजक मलेसिया पनि प्रतियोगिताबाट बाहिरियो ।

त्यसैगरी समूह ‘बी’मा रहेका पाकिस्तान र अफगानिस्तानले सेमिफाइनलको यात्रा तय गरे भने श्रीलङ्का र संयुक्त अरब इमिरेट्स (युएई) प्रतियोगिताबाट बाहिरिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर