Aamsanchar

झापाको समृद्धिको मेरुदण्ड सिद्धि जलविद्युत परियोजना

Author Image
शुक्रवार, मंसिर १, २०७४

काँकरभिट्टा ।

समग्र झापाको समृधिका लागि महत्वपूर्ण मेरुदण्ड सावित हुन सक्ने सिद्धि जलविद्युत परियोजना सुरुवातको घढीमा आइपुगेको छ । शुक्रवार काँकरभिट्टामा सिद्धि हाइड्रोपावर कम्पनी लिमिटेड ललितपुरले आयोजना गरेको एक कार्यक्रमकाबिच सिद्धि परियोजनाको काम पुस १५ गतेबाट सुरु गर्ने जानकारी गराइएको थियो । झापाको समृधि मानिएको यो परियोजनाबाट १५ मेगावट विजुली उत्पादन गरिने छ ।

हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत आनन्द प्रधानले परियोजनाको थालनीका लागि सम्पूर्ण कार्य पूरा भइसकेको र पुसको दोस्रो साताबाट काम सुरु हुने बताएका हुन् । उनले कार्यक्रममा सहभागिलाई प्रोजेक्टरद्वारा नदिको अवस्था, नदीको बहावको स्थिति, त्यसमा लगानीको सम्भावना, त्यसको लागत स्टिमेट, प्राविधिक चुनौती तथा वातवरणीय प्रभावका बारेमा जानकारी गराएका थिए ।

इलाम जिल्लामा पर्ने साविकको जिर्मले गाविस हाल रोङ गाउँपालिकामा निर्माण हुन लागेको हाइड्रोपावरको कुल लागत १ अरब ६० करोड रहनेछ । ‘हाम्रो सिद्धि हाम्रो सम्पती’ नारा लिएको यो परियोजनाले नेपाल सरकारबाट पाएको ३२ महिनाको समय अवधीमा निर्माण गरिसक्नु पर्नेछ । तथापि परियोजनाका कार्यकारी अधिकृत प्रधानले २४ महिनामा काम सम्पन्न गर्ने लक्ष्य लिएको बताए ।

यस भन्दा अघि पनि यस परियोजनाका लागि बुटवलको एउटा कम्पनीले सम्झौता गरे पनि १० वर्षसम्म काम हुन नसकेपछि अन्तन झापालीहरुको एउटा उत्साहित टिमले संगठित गरेर यसलाई कार्यन्वयन गर्न लागेका हुन् । नर्वेबाट इन्जिनियर हाइडपावरमा डिग्री गरेर आएका अनुभवी मानिएका प्रधानले कार्यक्रममा यो परियोजना यस क्षेत्रका युवा व्यक्ति विश्व

प्रकाश शर्माको परिकल्पना तथा उहाँकै पहलमा अगाडी बढाएको बताए । साथै उनले शर्माकै डिजाइनमा कार्यक्रम अघि बढिरहेको समेत स्पष्ट पारे ।
यस नदीबाट यस अघि नेपाल सरकारको ४८ करोडको लगानीमा सिद्धि सिचाइ आइपुगेको छ । जुन सिङ्गो बाुहनडाँगीलाई सिचाइ सुविधा छ । त्यसबेला यो परियोजना समेत आउने नआउने भन्ने अन्योल भइरहेको अवस्थामा आज सिद्धि नहरले साकार रुप लिएको छ ।

सोही नदीको सिचाइमा पानीको बहाव छोड्नु भन्दा अगाडी मुहानबाट पानीलाई ड्यामको रुपमा परिणत गरेर टरमाइनमा खसालेर १० मेगावट विजुली निकाल्ने तयारी भएको परियोजनाका डाइरेक्टर हेमन्त बुढाथोकीले बताए ।

डारेक्टर बुढाथोकीका अनुसार सिद्धि हाइड्रो सुरुवात गर्नका लागि नेपाल सरकारसँग जेनेरेसन लाइसेन्स प्राप्त गरिसकेको, विद्युत खरिदको प्रक्रिया (पीपीए) सम्पन्न भइसकेको र नेपाल विद्युत प्राधिकरणसँग ३२ महिनाभित्र काम सम्पन्न गरिसक्ने सम्झौता भएको बताए । साथै उक्त परियोजनाका लागि चीनको एउटा कम्पनीले प्रारम्भिक लगानी गर्ने र थप लगानी नेपालका २ वटा बैङ्क र नीजि क्षेत्रले लगानी गर्ने समेत बुढाथोृकीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै परियोजनाका परिकल्पनाकार विश्वप्रकाश शर्माले ‘घर घरको लगानी, हाम्रो सिद्धि हाम्रो सम्पती’ भन्ने नाराका साथ बढाइने यो प्रोजेक्ट आफ्नो लागि ड्रिम प्रोजेक्टका रुपमा रहेको र नेपालकै समग्र जल विद्युत हाइड्रोहरु मध्येमा यसलाई मोडलका रुपमा विकास गर्ने आफुसँग कन्सेफ्ट रहेको बताए । शर्माका अनुसार हाइड्रोमा लगानी गर्नका लागि यस भेगका हरेक नागरिकले न्यनतम २५ हजारदेखि १ लाखसम्म लगानी गर्न सक्ने र जसले त्यो रकम पनि लगानी गर्न सक्दैनन् उनीहरुलाई रोजगारीको सृजना गरेर उनीहरुकै श्रमबाट चुक्ता गर्ने गरी हाइड्रोमा लगानी गर्नका लागि प्रेरित गर्ने योजना रहेको बताए ।
कार्यक्रममा मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले यो परियोजना निर्माण भइसकेपछि सिङ्गो झापा जिल्ला लोडसेटिङ मुक्त बन्ने र यस क्षेत्रका हजारौँ युवाले रोजगारीको सृजना हुने बताए । उनले मेचीनगरसँग सिमाना जोडिएको यस ठाउँमा निर्माण हुने यो परियोजना सम्पन्न गर्नु आम मेचीनगरबासीको महत्वपूर्ण भूमिका हुने बताए ।

काँकरभिट्टा खानेपानी सभाहलमा भएको कार्यक्रममा परियोजनाका प्रवन्धक डाइरेक्टर मदनकुमार बुढाथोकी, आयोजना प्रमुख दिवस भट्टराई तथा यस क्षेत्रका व्यवसायी, बुद्धिजीवि, राजनीतिक दलका कार्यकर्ता तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम फरक रुपमा गरिएको थियो । जहाँ न कुनै सभापति न कुनै प्रमुख अतिथि । मात्र २ जना बक्ता र सहभागिको जिज्ञासा । छोटो समयमा उपलब्धीपूर्ण काम गरेर मेचीनगरमा उदाहरण पेश गरेको सहभागि किरण नेपालले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर