Aamsanchar

पार्टीका उम्मेदवारलाई जिताउन नेवि संघ प्रचार अभियानमा लाग्ने

Author Image
शुक्रवार, मंसिर १, २०७४

मेचीनगर ।

नेपाल विद्यार्थी संघ धुलावरी मावि इकाइ समितिको आयोजनामा अन्तरक्रिया तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि पार्टीका उम्मेदवारहरुलाई जिताउनका लागि नेवि संघले खेल्नु पर्ने भूमिकाका विषयमा भएको अन्तरक्रिया कार्यक्रममा सहभागिले सबै भातृ संस्थाहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका थिए । सहभागि नेवि संघका विद्यार्थीहरुले आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन आफुहरु गाउँ गाउँमा अभियान सञ्चालन गर्ने बताए ।

प्रतिनिधि सभाका उम्मेदवार विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यता तथा संघका इकाइ सभापति विवेक आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथिप्रदेश सभा क का उम्मेदवार केशवराज पाण्डे, प्रदेश सभा ख का उम्मेदवार अशोक पोखरेल, नेवि संघका केन्द्रय सदस्य भूपेन्द्र थेवे, पूर्व जिल्ला सभापति नारायण गिरी, शिक्षक महासंघ झापाका अध्यक्ष तेजप्रसाद चौलागाई, मेचीनगर १० का वडा अध्यक्ष सुदय पनेरु, सगरमाथा आरोही अनिष लुइटेल, काँकरभिट्टा क्याम्पसका स्ववियु सभापति सुरज सुवेदी, शिक्षक रमेश दाहाललगायतले बोलेका थिए ।

उपासभापति युनिक गौतमले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव अञ्जली राई र सेल्सा खत्रीले गरेका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)