Aamsanchar

मोबाइलमा चिठ्ठा परेको भन्दै ठगी गरेको ८६ लाखसहित ६ जना पक्राउ

Author Image
शनिवार, मंसिर २, २०७४

विराटनगर,

प्रहरीले ठगी गरेको आरोपमा एक जना भारतीयसहित ६ जनालाई ८६ लाख रुपैयाँसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी मोबाइलमा चिठ्ठा परेको भन्दै विभिन्न जिल्लाका मानिसलाई ठगी गरेको आरोपमा सुनसरी दुहबी नगरपालिका– ६ बस्ने २९ वर्षीय बलराम विश्वास, विराटनगर महानगरपालिका– ७ बस्ने ५५ वर्षीय अनुपचन्द सेठिया, ४० वर्षीय ललित सेठिया, ३४ वर्षीय विमलकुमार चिरानिया, २७ वर्षीय श्रवणकुमार साह र भारत दरभंगा सुन्दरपर–२ बस्ने ३७ वर्षीय पंकज कर्णलाई विराटनगर– ७ स्थित सेठियाको कार्यालयको कोठाबाट ८६ लाख ५९ हजार ३४५ रुपैयाँ, भारतीय एक हजार रुपैयाँ, चाँदीको टुक्रा चार थान, चाँदीको सिक्का दुई थान र मोबाइल ६ थान र अन्य कागजागतसहित बिहीबार पक्राउ गरिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले निजले पर्वत देउपुर गाउँपालिका–२ बस्ने ४२ वर्षीया संगीताकुमार गुरुङ र धरान उपमहानगरपालिका– १५ बस्ने ६३ वर्षीय लालबहादुर मगरलाई पाकिस्तानबाट फोन गरी ४० लाख रुपैयाँको चिठ्ठा परेको छ भन्दै पटकपटक गरी चार लाख ५३ हजार रुपैयाँ, बुटवल, सुनसरीको इटहरी, मोरङको विराटनगरमा रकम आइएमइ गरी पठाउन लगाएको पुनःथप रकम माग्ने क्रममा शंका लागी प्रहरीलाई खबर गरी पक्राउ गरिएको हो ।

निजले मोबाइलमा चिठ्ठाको तस्बिर पठाइ भारतको मुम्बइको नम्बरमा फोन गर्न लगाइ नेपालको विभिन्न जिल्लामा रहेको आइएमइ केन्द्रमा माग भएअनुसारको रकम पठाउन लगाउने र सो रकमपछि विदेशमा हुण्डीमार्फत पठाउने गरिएको प्रहरीले जनाएको छ ।

६ जनालाई शुक्रबार नै अदालतबाट ठगी मुद्दामा आवश्यक अनुसन्धानका लागि सात दिनको म्याद गरिएको जानकारी दिनुभयो । उनीहरुबाट ठगिएका अन्य व्यक्ति आउनेक्रम जारी रहेको थप अनुसन्धानका लागि विशेषज्ञको टोली प्रहरी केन्द्रीय कार्यालयबाट माग गरिएको प्रहरी उपरीक्षक बिसीले पत्रकारलाई बताउनुभयो । -उज्यालोबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर