Aamsanchar

यात्रा गर्दा वान्ता भएर हैरान हुनुहुन्छ ? यी उपाय अपनाउनुहोस् वान्ता आउदैन

Author Image
आइतवार, मंसिर ३, २०७४

मानिसहरु गाडीको यात्रा गर्दा बान्ता गरिरहेका हुन्छन् विशेषगरी धेरै घुम्तीहरु भएको अप्ठेरो बाटोमा वान्ता आउने सम्भावना बढी हुन्छ । उनीहरुलाई सामान्य भन्दा सामान्य कुरा थाहा नभएको कारण यात्राको क्रममा उनीहरु शिथिल हुने गर्दछन् तर सामान्य तरिकाले भमिट रोक्नको लागि यी उपाय अपनाउनुहोस् ।

गाडीमा यात्रा गरिरहँदा किताब पढ्ने वा मोबाइल चलाउने नगर्नुस । यसो गर्दा चक्कर लाग्छ र पेट बटार्छ । यात्रामा निस्कँदा पेट खाली नराख्नुस । साथै पेट टन्न हुने गरी भारी चिज पनि नखानुस । अमिलो–पिरो खानेकुराबाट पनि टाढा रहनुस । यस्तो खानेकुरा पच्न समय लाग्ने भएकाले यात्रा गर्दा असुविधा हुन सक्छ ।

यदि कारमा यात्रा गरिरहेको छ भने सम्भव भएसम्म अगाडिको सिटमा बस्नुस । अगाडि बस्दा चक्कर लाग्दैन । आफ्नो रुमालमा पुदिनाको तेलको केही थोपा छर्किनुस र यात्रा गर्दा बारम्बार सुँघिरहनुस् । यसको अलावा पुदिनायुक्त चिया पनि पिउन सक्नुहुन्छ ।

गाडी चढ्दा मुखमा अदुवाको सानो टुक्रा वा चकलेट राख्नुस । यसबाट वान्ता आउने जोखिम कम हुन्छ । यसका अलावा यात्रा गर्नुपूर्व अदुवा राखिएको चिया पिउनाले पनि फाइदा मिल्छ । गाडीको झ्यालको शीशा ड्यामडुम बन्द नगर्नुहोस् । गाडीभित्र हावा पस्न दिनुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर