Aamsanchar

अब बिर्तामोडमा सामसुङको सर्भिस सेवा

Author Image
सोमवार, मंसिर ४, २०७४

बिर्तामोड, मंसीर ४। सामसुङ मोबाइल प्रयोगकर्ताको सेवासुविधालाई मध्यनजर गर्दै बिर्तामोडमा सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको छ ।
यसअघि सामसुङ मोबाइलका प्रयोगकर्ताको मोबाइल कुनै समस्या आए इटहरी वा काठमाडौंसम्म पुर्याएर सर्भिस गराउनुपर्ने बाध्यता थियो । त्यसलाई मध्यनजर गर्दै बिर्तामोडस्थित हनुमान सेन्टरमा सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको हो । तीन जना विशेषज्ञसहितले सर्भिस सेन्टरबाट सेवा प्रदान गर्ने बताइएको छ ।

दिनानुदिन सामसुङ मोबाइल प्रयोगकर्ताको संख्या बढेको र सर्भिसमा ढिला हुँदा सेवाग्राही प्रभावित हुने गरेको भन्दै ग्राहकलाई छिटो–छरितो र गुणस्तरीय सेवा प्रदान प्रदान गर्न सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको एरिया सेल्स मेनेजर प्रकाश सुवेदीले बताए । योसँगै ११ स्थानमा सामसुङको सर्भिस सेन्टर सञ्चालनमा छ ।

मेचीका इलाम, फिदिम, ताप्लेजुङमा समेत सर्भिस सेन्टर रहेको र सन् २०१८ सँगै देशका १८ स्थानमा सर्भिस सेन्टर सञ्चालनमा ल्याउने लक्ष्य राखिएको सामसुङका सर्भिस म्यानेजर राजन भट्टराईले जानकारी दिए । उनले भने– ‘बिर्तामोडमा सोमबारबाट सञ्चालनमा ल्याइएको कस्ममर सर्भिस सेन्टर ११औं हो, यस लगत्तै हामी अब हेटौडा, दाङ र जनकपुरमा पनि सर्भिस सेन्टर सञ्चालनमा ल्याउँछौं । सामसुङले यसअघि कस्टमर सेवा सुविधाका विषयमा भारतबाट जानकारी दिने गरेको थियो भने अब नेपालमै कल सेन्टर सञ्चालन गरेर सेवा प्रदान गर्ने भट्टराईले बताए ।
कस्मटर सर्भिस सेन्टरको उद्घाटन समारोहमा कुनाल गुरुङ, राम श्रेष्ठ लगायतले सामसुङले प्रदान गर्दै आएको सेवासुविधाका विषयमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर