Aamsanchar

अमेरीकामा झापालीहरू संगठित हुदै 

Author Image
सोमवार, मंसिर ४, २०७४

अमेरीका।

अमेरीकामा बिभिन्न जिल्लाबाट आई बसोबास गर्नेहरू संगठित हुने क्रममा अब झापालीहरू पनि लागी परेका छन ।

झापाको समग्र गतिबिधिहरूमा सहयोग गर्ने उद्धेश्यका साथ निकट भबिश्यमै झापाली समाज अमेरिका गठन गरिने जानकारी प्राप्त भएको छ । संसार भरि छरिएका झापालीहरू बिच भाईचारा सदभाब र झापाको बिकासमा सहयोग गर्ने उद्धेश्यका साथ केहि महिना पहिला अन्तराष्ट्रिय झापाली समाज गठन भैसकेको र त्यसमा अष्ट्रलियामा बस्ने दिनेश पोखरेलको सभापतित्वमा एक कार्य समिति गठन भैसकेको छ।

अमेरीकामा बिभिन्न संस्थामा समेत सकृय अन्तराष्ट्रिय झापाली समाजका उपाध्यक्ष प्रमोद सिटौलाका अनुसार झापा जिल्लाबाट अमेरीकामा ठुलो संख्यामा झापालीहरूको उपस्थिति रहेको र संगठित हुन सके झापाको बिकास कला संस्कृति लगायत अन्य सामाजिक कार्यमा ठुलो सहयोग गर्ने सकिने कुरालाई ध्यान दिई योगदानमा आधारित गैर राजनितिक संस्था गठन गर्न लागिएको हो।

यस अधि नै अमेरिकाका भर्जिनिया, टेक्सास राज्यहरूमा झापालीहरू संगठित भई पिकनिक साथै सामाजिक कामहरूमा समेत सकृय नै छन । अब सबैलाई समेटेर अगाडि बड्न अमेरिकाको राष्ट्रिय स्तरमा कन्फरेन्स कल मिटिड्ग सम्पन्न गरि सकिएको र तदर्थ समिति गठन गरिने छ ।उक्त मिटिड्गमा झापाली अग्रज देखि अमेरीकामा सकृय झापालीहरू उल्लेखनिय रूपमा सहभागी थिए ।

क्यालिफोर्नियाबाट शम्भु ढुड्गाना ,मोहन ओली, अनिल ओली, दिलिप थापाले जति सक्दो चाडो संगठन निर्माण गर्ने तर्फ अगाडी बड्नु पर्ने बताउनु भएको थियो ।टेक्सास अस्टिनका समाजसेबी हेम पाठकले समर्थन जनाउदै पूर्ण सहयोगको प्रतिबद्धता जनाउनु भएको थियो भने अलबामाबाट राम कुमार बिमलीले कार्यको दायरा बडाउन पनि सक्नु पर्छ भन्नु भएको थियो ।डालसका ल्च्ल् क्ष्ऋऋ सदस्य बेदराज बस्नेत ले आफु ले अन्तराष्ट्रिय झापाली सम्मेलनमा भाग लिन नसकेकोमा दु ख लागेको भन्दै संगठनको आवश्यक्ता रहेको बताउनु भयो ।

डॉलसकै पर्शुराम दहाल र प्रदिप तिम्लसिनाले हामीले पहिला स्थानिय स्तरमा प्रयास गरेको अब राष्ट्रिय स्तरमै गठन हुन लागेकोमा खुशी ब्यक्त गर्दै जिम्मेवारी समेत लिन तयार भएको बताउनु भयो ।

ठुलो संख्यामा उपस्थित मध्य भर्जिनियाबाट यम सिटौला, कबिन्द्र सिटौला,उत्सब गौतम कनेटिकटबाट ल्च्ल्ब् ल्ऋऋका उपाध्क्षय राम कुमार सुबेदी ,दिपेन्द्र पोखरेल ,यूबराज पोखरेल, डा। लीला कुमार खतिवडाले मन्तव्य राख्नु भएको थियो ।

उक्त मिटिड्गलाई अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोखरेलले अष्ट्रेलियाबाट टेली कन्फ़्रेन्स मार्फत संबोधन गर्दै बिश्वभरी छरिएर रहेका झापालीहरू सम्बृद्ध झापा निर्माणका लागी अब एकजुट हुने बेला आएको र अब एक बर्ष भित्र ४० देशमा झापाली समाजको राष्ट्रिय कार्य समिति बनाईसक्ने घोषणा गर्नु भएको थियो ।

प्रमोद सिटौलाको सम्योजकतवमा भएको उक्त बैठक निलम बिमलीले संचालन गर्नु भएको थियो ।पहिलो बैठकमै अमेरिकाका प्रतिष्ठित झापालीहरूको सकृयताले थप उत्साह थपिएको र चाडै नै निकै ठुलो संगठनको रूपमा झापाली समाज अमेरीका यो निर्माण हुने कुरामा ढुक्क रहेको बताउनु हुन्छ यसका अभियानकर्ताहरू ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर