Aamsanchar

मनवता हराएको मुलुक

Author Image
मङ्गलवार, मंसिर ५, २०७४

(नरेन्द्र ढकाल)

शायद मान्छेलाई सुखले भन्दा दुःखले चाँडै छुन्छ । हो विगतका घटनाले वर्तमानलाई निर्धारण गर्छ तर जो बितिसकेको हुन्छ उसको विषयलाई उठान गरेर उसको परिवारलाई पिडामाथि पिडा थप्ने काम गर्नु कतिको सन्र्दभिक हुन्छ । एक पटक सबैले मनन गर्न आवश्यक छ ।

हो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशको हृयदघातका कारण अचानक मृत्यु हुदाँ परिवार शोकमा डुबेको छ । यदि मानवता छ भने समवेदना प्रकरण गरौं हैंन भने अनावश्यक टिकाटिप्पणी बन्द गरौं । मृत्यु कहिले समायिक हुदैन मृत्यु जहिलेपनि असामायिक नै हुन्छ । तर एउटा परिवारमा आँशु बगी रहदाँ त्यसलाई झन पिडा दिनु कतिको उचित हो ? जुन काम तिमी अरुलाई नगर त्यो तिमीलाई गर्दा पिर पर्छ ।

मानवता भन्नाले मान्छेमा हुनुपर्ने मानवोचित गुण अर्थात समानता, स्वतन्त्रता र भातृत्वप्रेम भन्ने बुझिन्छ । तर आजको मान्छेको कतिपय व्यवहारलाई नियाल्दा मानवता हराएको वा पातलिंदै गएको आभाश हुन्छ । नयाँ वर्ष मनाउने वहानामा जीवन केवल खान, पिउन र मोजमस्तीका लागि मात्र हो भन्ने पाराले रातको शून्यता चिर्दै टोल छिमेक कोलाहलमय तुल्याउनुको सट्टा समाज र राष्ट्रको हित हुने कार्यमा संलग्न हुनु वा सोही लक्ष्यका साथ अगाडि बढ्ने प्रण गर्नु पो उचित हुन्थ्यो तर व्यवहारले ठीक उल्टो देखिएपछि मानवता हराएको मान्छे जस्तो प्रति हुंदा रहेछ ।

आजको मान्छे रहरले नभई करले डिजेल, पेट्रोल र ग्याँसको लाईनमा बस्न बाध्य छ । त्यहाँ पनि दुब्ला, पातला र पहुँचविहीन सज्जन जनमानसको केहि लाग्दैन जिम हाउसबाट भर्खरै निस्केजस्ता, आवश्यकता भन्दा पनि अरुलाई सम्पन्नताको भ्रम छर्न कानमा मुन्द्रा लगाउनेहरुको हैकम चल्छ । यस्तो देख्दा भोग्दा शरीरले साथ नदिएर मात्र हो नत्र कानमा मुन्द्र झुण्ड्याउन अर्डर दिनै पर्ने हो त जस्तो लाग्छ । आखिर वीरवलको खिचडी त हो ।

आजको जैविक व्यापार गर्नेहरु स्टाफ पाल्न र भाडा तिर्न धौधौ छ भन्छन् तर कालो बजारी गर्नेहरुको चुरीफुरी देखीन्छ । आखिर अरुलाई ठग्नु छ, कमाउनु छ जय लक्ष्मी भन्दै भट्टी तिर सोझिनुछ, कि कसो ? धिक्कार छ जिन्दगी । फलानो ठाउँमा ग्याँस बाँड्दै छ रे । मोवाइलका कारण हल्ला सनसनीपूर्ण बन्दछ । मोटर हुनेहरु स्कुटरमा, साइकल हुनेहरु साइकलमा, केही नहुनेहरु पिठँयूमा सिलिण्डर बोकेर सुईँकुच्चा ठोक्छन् ।

अब सोच्नुहोस त दौडमा कसले जित्यो होला ? एउटा केन्द्रमा २५० सिलिण्डर वितरण गरिन्छ तर लाइन हुन्छ ७५० अनि हुँदैन त रातभरि करायो दक्षिणा हरायो । कसलाई आवश्यक के कति छ कसको पिडा के हो भन्न मात्र खोजेको हुँ । यो पक्तियारले यो प्रसंग उठाईरहँदा कतै भन्न खोजेको कुरा छुटाएन भन्ने लाग्यो होला । प्रचण्ड पुत्र प्रकाश नैतिक रुपमा गलत पनि हुन सक्छन् यसलाई सबैले स्वीकार गर्नै पर्छ तर एउटा आमा–बाबुको आखाँमा कुनै पनि छोराछोरी गलत हुदैनन् ।

प्रकाशको केही क्रियाकलापले समाजमा केही नकरात्मक असर पारेकै हो तर आज उनको मृत्यु भईसक्दा समेत अनेक विषय जोडेर उनको परिवारको सत्तो सराप्ने हामीमा खै मानवता ? अझ अहिले त मान्छेलाई रोइलो गर्ने माध्यम सामाजिक सञ्जाल बनेको छ । तपाईको एउटा बचनले कति पिडा दिन्छ कहिले सोच्नुभएको छ ? गलतलाई गलत भन्नु पर्छ तर मानव जीवन हुदाँ नै इहलीला सकिएपछि ठूलो डङका गरेर केहि हुन्न । अतः समानता, स्वतन्त्रता र भातृत्व प्रेम सबै आदर्शका कुरा भए, व्यवहार साह्रै तुच्छ हुन पुग्यो । जहाँ, जता पनि राजनीतिक चस्मा लगाएर हेर्ने कुप्रवृत्तिले मान्छे– मान्छे बिच ‘बसुदेव कुटुम्बकम’ अर्थात सबै दाजुभाई, दिदिबहिनी हुन् भन्ने हाम्रो सांस्कृतिक मान्यता धुलोमा मिल्न गयो । फलस्वरुप न त यहाँ समानता भोग्न पाईन्छ न त स्वतन्त्रताको मर्मलाई सही रुपमा आत्मसात गरेको देख्न पाईन्छ ।

कतै मानवता हराएको मान्छेको कित्तामा पर्नुभएको त छैन ? आफ्नो भुल सुधारेर अगाडि बढ्ने प्राणी मान्छे नै त हो । त्यसैले मानवता युक्त मान्छे बन्नुहोस अन्यथा मर्दाको दिनमा मलामि पनि कम हुन जाने कटु सत्य छिपाएर पनि छिप्ने छैन । आज हामी कतै बाटो त बिराई रहेका त छैनौं । आज अरुलाई परेको दुःख भोलीका दिनमा आफैं भित्र पनि नपर्ला भन्न सकिन्न् त्यसैले हामीले मानवतालाई अलिकति भएपनि ख्याल गर्न आवश्यक छ ।

प्रचण्डले २० हजार मान्छे मा¥र्यो भन्नेहरुलाई प्रश्न गर्न चहानछु हो मृत्युको पिडा भयानक हुन्छ तर के प्रचण्डले आफ्नो स्वार्थका लागी जनयुद्ध र आन्दोलन गरेका थिए ? आजको परिवर्तन उनकै एक दुरदर्शिता हो । आजको स्वतन्त्रता कसरी प्राप्त भयो आज प्रचण्डका छोराको मृत्यु हुदाँ बल्ल् खुचिङ मच्चाउनेहरुले आफुलाई यस्तै पिडा आएमा अरुले केही भनेमा के होला हालत एक पटक सोच्नेकी ?

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 419

प्रतिक्रिया (०)

सम्बन्धित खबर