Aamsanchar

मलेसियालाई नेपाली महिला क्रिकेट टोलीले दियो १०९ रनको लक्ष्य

Author Image
शुक्रवार, मंसिर ८, २०७४

काठमाडौं।

टि–२० महिला विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गको चौथो खेलमा नेपालले मलेसियालाई १०९ रनको चुनौती दिएको छ । थाईल्याण्डको बैंककमा आज बिहान टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८ रन बनायो । नेपालका लागि सिता राना मगरले ३७ रन तथा ज्योति पाण्डेले २१ रन बनाए ।

जवाफमा १ सय ९ रनको लक्ष्य पछ्याएर मलेसियाले आफ्नो ब्याटिङ सुरु गरिसकेको छ । जारी प्रतियोगिताबाट अन्तिम चरणको छनौटमा पुग्ने सम्भावना जीवित राख्न नेपालले आजको खेल जित्नैपर्ने छ ।

बर्षाले प्रभावित समूहको पहिलो र दोस्रो खेलमा अंक बाँड्न बाध्य भएपछि नेपालको यात्रा कमजोर बनेको थियो । तेस्रो खेलमा हिजो युएइसँग ५ रनले पराजित भएपछि त नेपालको बाटो झनै कठिन बनेको छ ।

समूहको अन्तिम खेलमा नेपालले आइतबार चीनसँग प्रतिस्पर्धा गर्नेछ । ६ टोली सहभागी प्रतियोगिताको अंक तालिकामा शीर्ष २ स्थानमा रहने टोली टि–२० महिला विश्वकप क्रिकेट छनोटको ग्लोबल क्वालिफायरका लागि छनोट हुनेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 226

प्रतिक्रिया (०)

सम्बन्धित खबर