Aamsanchar

उपचारका नाममा महिलामाथि यौन शोषण गर्ने धर्मगुरू पक्राउ

Author Image
शुक्रवार, मंसिर ८, २०७४

काठमाडौं :

धार्मिक आवरणमा महिलामाथि जबर्जस्ती यौन सम्पर्क राख्ने एक धर्मगुरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दक्षिणकाली चाल्नाखेलस्थित पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्बाका रिम्पोछे टुल्कु लामा छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामालाई बुधबार पक्राउ गरेको हो । उनी गुरु रिम्पोछे छुल्ठिम दोर्जे योन्तान (योन्जन) नामले चिनिन्छन् ।सिन्धुली कुशेश्वरका रिम्पोछे लामा १० वर्षदेखि दक्षिणकाली चाल्नाखेलमा गुम्बा सञ्चालन गरेर बस्दै आएको जानकारी सीआईबी प्रमुख डीआईजी पुष्कर कार्कीले दिए ।

कार्कीका अनुसार उक्त गुम्बामा महिला उपचारका लागि जाने गर्थे । लामाले आफू जुनसुकै रोक निको पार्न सक्ने दैवीशक्ति प्राप्त गरेर अवतारी लामा भन्दै महिलालाई भ्रममा पारेर निर्वस्त्र गराई यौन सम्पर्क गर्दै आएको प्रहरीले जनाएको छ ।

दशौं पुस्तासम्म एउटै कुलमा जन्मिएको र आफूलाई स्वघोषित गुरु भन्दै लामाले महिलालाई भ्रममा पार्दै आएका थिए ।सीआईबीको टोलीले लामालाई गुम्बाबाटै नियन्त्रणमा लिएको हो । डीआईजी कार्कीका अनुसार लामाले महिलालाई यौनसम्पर्क गरेपछि उक्त जानकारी कसैलाई दिएमा ठूलो क्षति हुने र पुनः रोग बल्झिने भन्दै कसैलाई नभन्न दबाब दिँदै आएका थिए ।

रोग निको हुन आफूसँगै यौनसम्पर्क गर्नुपर्ने भन्दै लामाले धेरै महिलालाई पटक-पटक दबाब दिँदै आएको प्रहरी दाबी छ । डीआईजी कार्कीले भने, ‘ पहिला यो घटना सीआईबीमा आउँदा विश्वास लागेन, पछि दुई जना पीडित महिलालाई बोलाएर अनुसन्धान गर्दा केही रहस्य खुलेपछि प्रहरीले पक्राउ गर्ने निधो गरेको हो ।

लामाले आफू तेत्तीस कोटी देवताको अवतार भएको र गुरु रिसाए अनिष्ट हुने र महिलालाई अन्य पुरुषसँग विवाह गरेमा पनि मृत्यु हुने भन्दै बारम्बार यौन शोषण गर्दै आएको अनुसन्धानबाट खुलेको छ ।’ सीआईबीले १० दिनदेखि लामाको कार्यशैलीलाई पछ्याएपछि मात्रै पक्राउ गरेको हो ।

कार्कीका अनुसार पीडित एक महिलाको अनुमतिबिना फेसबुकमा अश्लील फोटो राखेका कारण उनीमाथि साइबर अपराधमा समेत अनुसन्धान हुनेछ । सीआईबीले लामाविरुद्ध जबर्जस्तीकरणी र विद्युतीय अपराध सजाय ऐनमा कारबाही गर्न जिल्ला अदालत काठमाडौंसँग स्वीकृति लिएको छ ।-अन्नपूर्णबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 61

प्रतिक्रिया (०)

सम्बन्धित खबर