Aamsanchar

प्यूँदा प्यूँदै……..

Author Image
शनिवार, मंसिर ९, २०७४

 

[ देवीचरण भण्डारी ]

गीत

प्यूँदाप्यूँदै रित्तिएछ जिन्दगीको सार
कुईनेटोमा ठोक्किएर लडें बारबार।

हुन्न पिउँनु खराव हो मैले बुझेको छु
वाध्यतामा वर्षेझरी पनि रुझेको छु।
सायद बुझ्न जानिन कि समयको धार
कुईनेटोमा ठोक्किएर लडें बारबार।

कमाएर तिघ्रा कुनै जङ्घार तरिदैन
जति भरौं बिना पिंधको गाग्री भरिदैन।
बुझ्दा बुझ्दै नबुझे झैं किन हुन्छु यार?
कुईनेटोमा ठोक्किएर लडें बारबार।

भद्रपुर झापा

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)