Aamsanchar

पूर्वाञ्चल स्वास्थ्य महोत्सवमा १७ हजारले सेवा लिए

Author Image
शनिवार, मंसिर ९, २०७४

विर्तामोड ।

झापाको विर्तामोडस्थित बीएण्डसी टिचिङ्ग हस्पिटलले आयोजना गरेको पूर्वाञ्चल स्वास्थ्य महोत्सवमा १७ हजारले सेवा लिएका छन् ।

गत मंसीर २ गतेबाट ८ गतेसम्म सञ्चालन भएको महोत्सवमा १६ हजार ८ सय ३२ जनाले निःशुल्क ओपीडी सेवा लिएको हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिएका छन् ।

शनिवार हस्पिटलले आयोजना गरेको पत्रकार सम्मेलन मार्फत महोत्सव अवधिभरमा ३२१ जनाको शल्यक्रिया सेवा, १५ हजार ७ सय ३२ जनाले प्रयोगशाला परिक्षण गराएको बताइएको छ । त्यस्तै स्वास्थ्य महोत्सवमा ९ हजार ६ सय २२ जनाले अल्ट्रासाउण्ड, एक्स–रे, एमआरआई, सिटि स्क्यानका साथै रेडियोलोजी सेवा लिएको जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिएका छन् ।

महोत्सवमा सम्पूर्ण सेवा लिए बापत ४ लाख बढीको छुट प्राप्त गरेको बताइएको छ । ओपीडी निःशुल्क गरिएको स्वास्थ्य महोत्सवमा अन्य सेवाहरुमा २० प्रतिशत छुट दिइएको थियो ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संयुक्त रुपमा उद्घाटन गरिएको स्वास्थ्य महोत्सव भब्य रुपमा सम्पन्न भएको हस्पिटलका कार्यकारी निर्देशक प्रसाईले बताए ।

करिब पौने तीन करोड रुपैंयाको लागतमा आयोजना गरिएको स्वास्थ्य महोत्सवमा नेपालका साथै भारतका विभिन्न स्थानबाट समेत विरामी स्वास्थ्य जाँच गर्न आएका थिए । महोत्सवले गरिब जनातालाई स्वास्थय सेवा लिने अवसरको रुपमा रहेको र आगामी दिनमा पनि स्वास्थ्य महोत्सव आयोजना गरिने हस्पिटलका कार्यकारी निर्देशक प्रसाईले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर