Aamsanchar

क्षय रोगका कारण झापामा २४ को मृत्यु

Author Image
बुधवार, मंसिर १३, २०७४

[नरेन्द्र ढकाल]

झापा,
क्षय रोगका कारण झापामा एक वर्षको अवधिमा २४ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७२÷७३ मा दर्ता भएका क्षयरोगी मध्ये २४ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका तथ्याङ्क शाखाका तोया दाहालले जानकारी दिएका छन् । उक्त वर्ष एक हजार १३६ जना क्षयरोगी फेला परेका थिए । झापामा वर्षेनी इायरोगीका विरामीहरु बढीरहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

क्षयरोयको बेलैमा उपचार नगरे मानिसको ज्यानै जान सक्ने चिकित्सकहरुले जनाएका छन् । यता गत आर्थिक वर्ष २०७३÷७४ मा जिल्लामा हालसम्म एक हजार ६२ जना क्षेयरोगीहरु फेला परेको जनस्वास्थ्य कार्यालयका तथ्याङ्क शाखाका दाहालले जानकारी दिए । नेपालमा ४४ हजार क्षयरोगी रहेको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ । तीमध्ये ३२ हजार बिरामीमात्र स्वास्थ्य परीक्षणका लागि सम्पर्कमा रहेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ ।

झापामा महिला भन्दा पुरुषमा धेरै क्षयरोग फेला परेको जनस्वास्थ्य कार्यालयका प्रमुख मधुसुधन कोइरालाले बताएका छन् । जनस्वास्थयको तथ्याङ्क अनुसार ६९१ जना पुरुष तथा ३७१ जना महिला क्षेयरोगी फेला परेका छन् । जस मध्ये ६०६ जनाको खबार परिक्षण गर्दा क्षयरोग लागेको पत्ता लागेको थियो । झापामा गत आर्थिक वर्षमा कतिको मृत्यु भयो भन्ने तथ्याङक अर्को वर्ष मात्र आउने दाहालले बताएका छन् ।

पछिल्लो समय मृत्युदर घटेको चिकित्सकहरुले बताएका छन् । नेपालमा जटिल प्रकारको ‘डगेस्ट्रेड’ टीबीका बिरामीमात्र एक हजार १०० रहेको अनुमान छ । तीमध्ये ३५२ जनामात्र सम्पर्कमा आएको सरकारी तथ्याङकमा उल्लेख गरिएको छ ।‘डट्स’ सेन्टरमा उपचारका लागि आउने सबै टीबीका रोगीको उपचार निःशुल्क हुने गरेको छ । नेपालमा चार हजारभन्दा बढी डट्स सेन्टर रहेको क्षयरोग केन्द्रले जनाएको छ ।

क्षयरोग फोक्सो र फोक्सोबाहेक शरीरका अन्य भागमा गरी दुई किसिमले लाग्ने चिकित्सकहरुले बताएका छन् । यो रोग श्वासप्रस्वासको माध्यमबाट सर्ने भएकाले एक अर्कामा छिटो सर्ने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कोइरालाले जानकारी दिए । लगातार दुई हप्तासम्म खोकी लागेका तुरुन्त स्वास्थय चौकीमा गएर स्वास्थय परिक्षण गराउन उनले सबैलाई सल्लाह दिएका छन् । यसैबीच बुधबार राष्ट्रि क्षय रोग विरुद्धको दिवस मनाइएको छ ।

अन्र्तराष्ट्रिय क्षय रोग मार्च २४ मा मनाइए पनि राष्ट्रिय क्षयरोग विरुद्धको दिवस भने बुधबार मनाइएको हो । यसैबीच क्षय रोगी मध्ये बालबालिकालाई मध्य नजर गरेर विशेष कार्यक्रम छिट्टै सुरु हुने जनस्वास्थय प्रमुख कोइरालाले बताए । उनले झापामा परिवारका कुनै एक सदस्यलाई क्षय रोग लागेको पाइएमा उसको सम्पूर्ण परिवारलाई नै निगरानी गर्ने गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)