Aamsanchar

४० देशमा अन्तर्राष्ट्रिय झापाली समाज विस्तार गरिने, समाजका महत्वपूर्ण निर्णयहरु

Author Image
बिहिवार, मंसिर १४, २०७४

बिर्तामोड ।

अन्तर्राष्ट्रिय झापाली समाजको दोस्रो बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेशकुमार पोखरेलको अध्यक्षतामा भएको बैठकले अन्तर्राष्ट्रिय झापाली समाजको प्रवक्तामा वैदेशिक रोजगारको सिलसिलामा कतारमा रहेका झापा बाह्रदशी गाउँपालिका–७ डाँगीबारी निवासी महेन्द्र चम्लागाँईलाई मनोनयन गरेको छ ।
त्यस्तै बैठकले ओसियानियाको लागि सञ्चार संयोजकमा नारायण खड्का र मध्यपूर्वको लागि सञ्चार संयोजकमा खेमराज जमर कट्टेललाई चयन गरेको छ । त्यस्तै एसिया प्यासिफिक युरोप र अमेरिकाको लागि सञ्चार संयोजक आगामी बैठकले नियुक्त गर्ने अध्यक्ष पोखरेलले बताए ।
अमेरिका, युरोप र अन्य क्षेत्रहरुमा झापाली समाज भर्खर संगठित हुँदै गरेको परिप्रेक्षमा सबै क्षेत्रहरुलाई समेट्ने उद्देश्यले प्रवक्ता बाहेक अन्य पदाधिकारी तथा सदस्यहरुको नियुक्ति आगामी बैठकहरुले गर्ने उनले बताए । त्यस्तै बैठकले विभिन्न ४० वटा देशमा झापाली समाजको बिस्तार गर्ने र मध्यपूर्व ओसियानिया, अमेरिका, एसिया प्यासिफिक र युरोपमा झापाली समाजको बिस्तार गर्न सम्भाव्यता बोकेका देशहरुको बारेमा अध्ययन गरी आगामी बैठकमा प्रतिवेदन पेस गर्ने जिम्मेवारी समाजका उपाध्यक्षहरुलाई दिने निर्णय गरेको उनले बताए ।
झापामा बाढीपीडितहरुको लागि बस्ती निर्माण गर्न अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेशकुमार पोखरेलको संयोजकत्वमा सबै पदाधिकारी सम्मिलित हुने गरी र स्थानीय रुपमा संयोजन गर्न विभिन्न क्षेत्रबाट नेपाल फर्किएका झापालीहरुलाई समेत संलग्न गरेर बस्ती निर्माण समिति बनाउने निर्णय गरेको अध्यक्ष पोखरेलले बताए ।
त्यस्तै विश्वभरिका पाँच विभिन्न क्षेत्रमा अन्तर्राष्ट्रिय झापाली समाजको क्षेत्रीय भेला प्रत्येक तीन–तीन महिनामा गर्ने र पहिलो भेला मध्यपूर्वले गर्ने, दोस्रो भेला अष्टे«लियाले गर्ने, तेस्रो भेला एसिया प्यासिफिकले गर्ने, चौथो भेला अमेरिकाले गर्ने र पाँचौं भेला युरोपले गर्ने भन्ने छलफल भएको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 221

प्रतिक्रिया (०)

सम्बन्धित खबर