Aamsanchar

झापा र इलाममा पिउने पानीको मूल्य बढ्यो

Author Image
बिहिवार, मंसिर १४, २०७४

बिर्तामोड ।
झापा र इलाममा प्रशोधित पिउने पानीको मूल्य बृद्धि भएको छ । प्रशोधित पानी तयार गर्न आवश्यक सामग्रीको मूल्य र उत्पादन खर्चमा बृद्धि भएको भन्दै मेची प्रशोधित पानी उत्पादक संघले मूल्य बृद्धि गर्ने निर्णय गरेको हो ।
मंसीर १५ गते शुक्रवारबाट लागू हुने गरी संघले झापामा थोक विक्रीतर्फ प्रति कार्टुन एक सय ४० रुपैयाँ र खुद्रा व्यापारीका लागि प्रति कार्टुन एक सय ५० रुपैयाँ मूल्य कायम गरेको संघका अध्यक्ष हरि प्रसाईले जानकारी दिए । संघले आयोजना गरेको पानी व्यवसायीहरुको भेलाले सर्वसम्मत रुपमा मूल्यबृद्धिको निर्णय गरिएको बताइएको छ । यसअघि प्रतिकार्टुन पानी एक सय २५ रुपैयाँ मूल्यमा विक्री वितरण हुँदै आएको थियो ।

त्यस्तै प्रतिजार रु. ६० मा उपलब्ध प्रशोधित पिउने पानीको मूल्य ७० रुपैयाँ कायम गरिएको छ । इलाममा भने ढुवानी खर्च बढी हुने कारण जनाउँदै संघले थोक व्यापारीका लागि प्रति कार्टुन एक सय ६० रुपैयाँ र खुद्रा व्यापारीका लागि एक सय ७० रुपैयाँ मूल्य कायम गरेको छ ।
त्यस्तै संघले प्रशोधित पिउने पानीको बोतलमा एमआरपी २० रुपैयाँ उल्लेख गर्ने समेत निर्णय गरेको छ । यसअघि आफूखुशी उत्पादकले २५ रुपैयाँसम्म एमआरपी उल्लेख गर्दै आएका थिए । मेची प्रशोधित पानी उत्पादक संघले पानीको नयाँ दररेट कडाईका साथ लागू गर्ने समेत निर्णय गरेको छ । संघका उपाध्यक्ष पदम राउतका अनुसार मूल्य बृद्धिको निर्णय विपरीत त्योभन्दा बढी या कममा पानी विक्री वितरण गरेको पाइए कार्वाही गरिनेछ । जस अनुसार पहिलोपटक त्यस्तो गर्ने पानी व्यवसायीलाई १० हजार जरिवाना गरिने र पुनः त्यस्तो कार्य दोहो¥याए प्रतिपटक ५ हजार रुपैयाँ थप गर्दै जरिवाना तिराइने बताइएको छ ।
संघको निर्णयलाई कार्यान्वयन गर्न रामप्रसाद पोखरेलको संयोजकत्वमा अनुगमन समिति समेत बनाइएको छ । जसमा चित्र मगर, दिनेश चौहान, आकाश मउते, पञ्च लिम्बू, गणेश डालमिया, वेदप्रसाद खतिवडा, आनन्द आचार्य, तेजु घले र बालकृष्ण ढकाल सदस्य रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर