Aamsanchar

कम्युनिष्ट पार्टी भने एउटा मौरी हो– दुर्गा

Author Image
आइतवार, मंसिर १७, २०७४

कम्युनिष्ट पार्टी भने एउटा मौरी हो । उ मेनहत गरिरहन्छ । अर्काले मह काडेर खाएपनि उसले मह लगाउन कहिल्यै छाडेन । २५ वर्षसम्म सत्तामा हालिमुहाली गरेको कांग्रेसले पटक पटक बहुमत पाउँदा पनि केही गरेन् यो पटक बाम गठबन्धनलाई जिताऔं । यहाँ एक जना कांग्रेसलाई जिताएर केही हुन्न् । म आग्रह गदर्छु मेरो मित्र, काका, मामालाई एक पटक बाम गठबन्धनलाई काम गर्न दिनुहोस् । यदि उनीहरुले सकेनन् भने ५ वर्षपछि म तपाईहरुको पक्षमा यसरी नै खुलेर भोट माग्ने छु– बीएण्डसी टिचिङ्ग हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईसंग पत्रकार नरेन्द्र ढकालले गरेको बहस ।


भर्खरै मात्र बीएण्डसी हस्पिटलले सफलता पूर्वका पूर्वाञ्चल स्वास्थ्य महोत्सव सम्पन्न गरेको छ । अहिले के गर्नु हुदैछ ?

– हे भर्खरै मात्र सफलता मात्र होइन भब्य सफलता पूर्वक स्वास्थय महोत्सव सम्पन्न भएको छ । प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नजिकीसंगै म पनि विभिन्न कार्यक्रममा ब्यस्त नै रहनुप¥र्यो । काठमाण्डौं, चितवन हुदैं केही दिन अघि मात्रै म झापा आएको हुँ । अहिले यस्तै काममा ब्यस्त छु ।

बीएण्डसी हस्पिटलले भब्यताका साथ महोत्सव सम्पन्न गरिरहदाँ यहाँको अभिब्यक्तिलाई लिएर चर्को आलोचना भयो नी ?

– यहाँ साच्चोँ बोल्दा विरोध गर्नुको कुनै तुक छैन् । भएको कुरा भनेको हुँ यदि मैले गलत बोले भने खण्डन गरे भइहाल्छ नी किन रुवाबासी गर्नुप¥र्यो ।

कांग्रेसको सरकारले बेचेका टेकला चिया बगान, बर्ने चिया बगान, भृकुटी कागज उद्योग, बाँसबारी छाला उद्योग लगायतका उद्योगहरु कांग्रेस सरकारमा भएका बेला बेच्ने काम भयो भनेर भन्दा यहाँका केही ब्यक्तिलाई टाँउको दुख्छ भने छोडिनु पर्छ अलि अलि विरोध भएन भने मज्जा आउदैन् नरेन्द्र जी ।

राजनीतिक रुपमा नबुझेर सत्य कुरा हो भनेर बुझन आग्रह गर्छु । २००७ सालदेखिको संघर्ष २०७४ मंसीर २१ ग्तेबाट विधिवतरुपमा अन्त्य हुदैछ । को प्रधानमन्त्री भए कसले के गरे भन्दा पनि कसले नेपालका सम्पत्ति बेचे भनेर भन्दा विरोध गर्छ भने यसलाई विरोध मान्दिन । अङगुर खान नपाएर स्याउ अमिलो छ भने जस्तै हो ।

महोत्सवमा कहाँ–कहाँबाट उपचारका लागी आए त बिरामीहरु ?

– महोत्सव सफलता पूर्वक सम्पन्न गर्न श्रदेय नेताद्धय पुष्पकमल दाहाल –प्रचण्ड) र केपी शर्मा ओली आएर जुन हौसला प्रदान गर्नुभयो यसले थप उत्साहित बनाएको छ । मेची अञ्चलका २९ लाख जनताले अब आफ्नै आँगनबाट उपचार पाइरहेका छन् यो सौभाग्यत दुर्गा प्रसाईले जुरायो नी हैन र ? अनि पूर्वप्रधानमन्त्री आएको कार्यक्रममा राजनीतिक कुरा भयो भनेर रक्सी पसलमा हल्ला गरेर किन समय बर्बाद गर्नु ।

सक्नु हुन्छ भने कांग्रेसका साथीहरुले पनि गरे भइहाल्यो नी किन माओवादीको एक जना सदस्याले ग¥र्यो भनेर विरोध गर्नु । महोत्सवमा गरिब भन्दा गरिब जनताले सेवा पाउन भन्ने मेरो उद्धेश्य थियो धेरैले उपचार पाए । करोडौं खर्च गरेर मैले स्वास्थ्य महोत्सव गर्दा ताप्लेजुङ, पाँचथर, इलाम, झापाका विभिन्न स्थान, भारतको सिक्किम, दार्जिलिङ लगायतका स्थानबाट सेवा लिन आए करिब २० हजारले सेवा लिए ।

उपचार उभावमा रहेकालाई यो महोत्सव एउटा अवसर बन्न पुग्यो । मेदान्त हस्पिटलबाट समेत डाक्टर बोलाएर यहाँका जनताको स्वास्थ्यको परिक्षण गर्न लगाँए । महोत्सव सम्पन्न गर्न मेची अञ्चलका २९ लाख जनताको साथ मेरो परिवारको साथ र सहयोग बिना सम्भव थिएन सबैको साथ र मायाले गर्दा एउटा भब्य कार्यक्रम सम्पन्न गर्न सफल भएको छ । बीएण्डसी टिचिङ्ग हस्पिटल ।

 लामो प्रयास गर्दा पनि बीएण्डसी हस्पिटलले मेडिकल कलेजको सम्बन्धन पाएन नी के कारणले यस्तो भयो ?

– –हो यसको बास्तविकता मैले आज खोल्नै पर्छ । यहाँ बीएण्डसी हस्पिटललाई राजनीतिककरण गरियो । सबै मापदण्ड पुरा गरेपनि छेकने काम गरियो । कांग्रेसका केही साथीहरुले यसलाई सम्बन्धन नदिएर ओडार बनाउने उद्धेश्य राखनु भएको छ ।

तर म यो च्यालेञ्ज गर्न चहान्छुकी दुर्गा प्रसाईसंग असम्भव भन्ने चिज छैन् । कांग्रेसका गगन थापा साच्चै देशका मन्त्रि थिए भने उनी स्वास्थयमन्त्री भएको बेला बीएण्डसी आएर यसको कारेमा बुझन् सकने थिए तर उनी पनि एउटा सन्यासी गोविनद केसीको पछि लागेर भुलिए । अनि कांग्रेसले विकास चहानछ भन्नु पर्ने मैले ? भएको कुरा बोलेको हुँ ।

कांग्रेसले सबै बेचेर खाएको हो यो कुरा सबै जनताले बुझन जरुरी छ । मैले राजनीतिक संघर्ष पनि गरेको छु ६ महिना म पनि सेनाको हिरासतमा बसेको मान्छे । मैले यसलाई निर्माण गरेर मेची अञ्चलका सबैले उपचार पाउन भन्ने उद्धेशय हो म सुत्नका लागी यो भवन बनाएको होएन् यो कुरा कांग्रेसका साथीहरुले बुझन जरुरी रहेको छ ।

तर एउटा खुशीको कुरा के हो भने यो हस्पिटललाई मेडिकल कलेजको मान्यता दिने प्रतिबद्धता जनाउनु भएको छ । यसले समग्र मेची अञ्चलबासीलाई उत्साहित बनाएको छ ।

बीएण्डसीमा किन राजनीति मिसियो ?

– हे राजनीति बिनाको कुनै चिज नै छैन् । म एउटा माओवादीमा अस्था राखेकै कारण आज कांग्रेसले यत्रो ठूलो विकासलाई अवरोध गर्छ भने अब यसलाई के भन्ने । कांग्रेसका साथीहरुलाई म आग्रह गर्न चहान्छु तपाईहरु पनि बनाउनु होस्न मेडिकल कलेज चलाऔं । आखिर स्वच्छ प्रतिस्पर्धा त गर्न पाईहालिन्छ । किन टाँउको दुखाउनु हुन्छ । मैले अस्पतालमा कुनै भेदभाव गरेको रहछु भने भन्नु होस् । मेरालागी बिरामी सबै सामन हुन् म राजनीतिक अस्थाका कारण कसैलाई भेदभाव गर्दिन् ।

हिजो मैले अस्पताल सुरु गर्न लाग्दा माछा पोखरी हुने भयो भन्नेहरु आज त्यही अस्पतालमा उपचारका लागी आउछन् म यसलाई गर्वको रुपमा हेर्न चहानछु । कसैले ढुङगा प्रहार गर्छ भने म उसलाई फुल दिएर लज्जीत बनाउने काम गर्छु । हिजो मेरो विरोध गर्नेहरु आज सत्यकुरा बुझेर मसंग नै आएका छन् । राजनीतिक मैले होइन कांग्रेसका साथीहरुले मिसाएका हुन् ।

यहा बिरामी किन बेच हुन्छ यस्तो अवस्था रोक्न बीएण्डसीले सबै प्रकारको उपचार सुरु गरेपनि केही हस्पिटलको कमशिनको खेल बन्द हुने भएपछि भ्रम फैलयाउने काम गरेका छन् ।

यहाँ त राजनीतिमा पनि लाग्नुभयो चुनाव आउन ५ दिन बाँकी छ अबको नेतृत्व कसलाई दिए ठिक होला ?

– हे हिजो स्थानीय तहको निर्वाचनमा हामीले पार्टी भन्दा माथि उठेर ब्यक्ति हेर्ने काम गरौं तर अब ब्यक्तिको काम छैन् । यहाँ पार्टी हेर्नु जरुरी रहेको छ । अहिले बाम गठबन्धनको माहोल छ । यसको स्पष्ट भिजन छ । त्यसैले म आम झापाली जादुभाई दिदीबहिनीलाई आग्रह गर्न चहान्छु ।

यस पटक बाम गठबन्धनलाई जिताऔं । अर्को पनि आग्रह गदर्छु मेरा मित्र विश्वप्रकाश जी, काका उद्धव थापा ज्यू, मामा कृष्णप्रसाद सिटौला ज्यू यो पटक तपाई एक जनताले जितेर के गर्नु हुन्छ । छोडिदिनुहोस यस पटक बाम गठबन्धनका उम्मेद्वारलाई समर्थन गर्नु होस् । यदि उनीहरुले ५ वर्षमा पनि केहि गर्न सकेनन् भने म तपाईहरुको पक्षमा भोट माग्ने प्रणपनि गदर्छु । यसो गर्दा कसैले हार्दैन यहाँ सबैले जितेको हुन्छ । आखिर हामीलाई विकास चाहिएको अब सबै मिलेर विकास गरौं । यदि साच्चैं विकास गर्ने हो भने म मेरो हस्पिटल पनि सरकारलाई बुझाउन तयार छु । म यहाँको विकास चहानछु ।

अब बिर्तामोडको बीएण्डसी होइन बीएण्डसीको झापा भनेर चिनाउन चहानछु । विश्व स्तरीय उपकरणहरु रहेका छन् यसले गर्दा हामीले आफ्नै आँगनमा उपचार पाएका छौं । म लामो समय जनयुद्धमा पनि सामेल भएँ त्यसैले सर्घष के हो भन्ने बुझेको छु । म भन्न चहान्छु कम्युनिष्ट भनेको मौरी हो । उनीहरु मेनहती हुन्छ । अर्काले मह काडेर खाने गरेपनि कहिल्यै कम्युनिष्टहरुले मेनहत गर्न छाडेनन् ।

मैले जीवनमा सर्घष के हो भन्ने बुझेको छु । त्यसैले त नीजि लगानीमा हिमाल जत्रो अस्पताल सञ्चालनमा ल्याएको छु । यसको संरक्षण गर्ने दाहित्व मेरो मात्र होइन मेची अञ्चलका २९ लाख जनताको हो । यसलाई संरक्षण गरौं अझैं प्रविधियुक्र बनाउ यस पटक बाम गठबन्धनलाई भोट दिएर अत्याधिक बहुमतले विजयी गरौं भन्न चहान्छु

अत्यमा केही भन्नुहुन्छ ?

– भन्न धेरै थियो तर के गर्नु समयले भ्याइएन् । यहाँ युवा जती विदेशी खाडीमा छन् । के उनीहरुलाई नेपालमा आफनै परिवारसंग बसेर काम गर्ने रहर छैन होला ?, भारतका विभिन्न कोठीमा चेलीहरु ब्ेचिएका छन् त्यस कसरी बाध्य भए आखिर गरिबी नै होइन् ।

हो यो गरिबी अन्त्य गरेर देशको विकास गर्न अब हामी सबै एक जुट हुन जरुरी रहेको छ । इच्छा शक्ति भएमा यो मुलुकमा जे पनि गर्न सकिन्छ असम्भव भन्ने कुनै त्यस्तो विषय छैन् ।

त्यसैले एउटा स्पष्ट भिजन भएको पार्टीको रुपमा हाल बाम गठबन्धन आएको छ यसलाई हामी सबैको खाँचो छ अब हामी पैसा र लोभ लालचमा विक्नु हुन्न देशको समृद्धिका लागी एक पटक बाम गठबन्धनलाई मौका प्रदान गरौं भन्न चहानछु ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 236

प्रतिक्रिया (०)

सम्बन्धित खबर