Aamsanchar

एक्सेलको लाभांस ३१.७१%

Author Image
सोमवार, मंसिर १८, २०७४

बिर्तामोड।

एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडको १२औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालको अध्यक्षता तथा विर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

वार्षिक साधारणसभाले चुक्ताशेयर पुँजीको ३०.१२प्रतिशतका दरले वोनस शेयर र उक्त वोनस शेयर वितरण गर्दा कर मिलान प्रयोजनार्थ १.५९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै साधारणसभाले सर्वसाधारण समूहका शेयरधनीहरु मध्येबाट पुरुषोत्तम लम्साललाई सञ्चालकमा निर्वाचित गरेको छ ।

आ.व. २०७३।०७४मा खुद मुनाफा रु. १५ करोड ४ लाख ४९ हजार गर्न सफल यस वैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा रु. ३ अर्व ९३ करोड रहेको छ भने निक्षेप संकलन रु. ४ अर्व ५१ करोड रहेको बताइएको छ । झापाको विर्तामोडमा मुख्य कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम र मोरङका विभिन्न २१ स्थानमा अवस्थित आफ्ना शाखा कार्यालयहरुमार्फत् ग्राहक समक्ष बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

१२आंै वार्षिक साधारण सभाबाट पारित वोनश शेयर तथा चालू आ.व.मा निष्काशन गरिएको हकप्रद शेयर पश्चात वैंकको चुक्तापूँजी रु. ६९ करोड २६ लाख ७४ हजार पुग्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर