Aamsanchar

आयुर्वेद उपचार पद्धतितर्फ सर्वसाधारणको रुची

Author Image
सोमवार, मंसिर १८, २०७४

बिर्तामोड।

झापामा आयुर्वेद उपचार पद्धतितर्फ सर्वसाधारणको रुची बढेसँगै यससँग दक्षता हासिल गरेका चिकित्सकले समेत निजीस्तरबाट सेवा शुरु गरेका छन् ।

केही समय अघिसम्म ओझेलमा परेको आयुर्वेद उपचार पद्धतिले लोकप्रियता पाउन थालेपछि यससँग सम्बन्धित औषधि व्यवसायी र चिकित्सकहरु समेत सेवाग्राहीलाई सेवा गर्न उत्साहित भएको देख्न सकिन्छ । झापामा पछिल्लो समय दिनप्रतिदिन यससँग सम्बन्धित व्यवसाय खोल्नेक्रम बढेर गएको छ ।

मातृ विज्ञानको रुपमा चिनिएको आयुर्वेद उपचार पद्धतिमा चिकित्सको अभाव हुँदा यसअघि उपेक्षामा परे पनि अहिले चिकित्सकले नै सेवा दिन शुरु गरे पनि यसप्रति रुची बढेर गएको हो । जिल्ला आयुर्वेदश स्वास्थ्य केन्द्र चन्द्रगढीले पनि सेवा बिस्तारसँगै नयाँ–नयाँ कार्यक्रम सञ्चालनमा ल्याएपछि आयुर्वेद क्षेत्रप्रति सेवाग्राहीको विश्वास बढेर गएको हो । पछिल्लो समय झापामा आयुर्वेदका अस्पताल नै सञ्चालनमा आएका छन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चन्द्रगढीले एकवर्ष अघिबाट क्षारसूत्र एवम पञ्चकर्मसहितको सेवा सर्व सुलभ रुपमा सर्वसाधारणका लागि सेवा शुरु गरेसँगै आयुर्वेदप्रति सर्वसाधारणको झुकाव बढेको हो । आयुर्वेदका लागि चर्चा कमाएको बिर्तामोडमा पनि दिनप्रतिदिन औषधि व्यवसायी थपिनेक्रम जारी छ ।
कतिपयले चिकित्सक राखेर सेवा दिएका छन् भने कतिपयले वैद्य र कविराजको भरमा औषधि पसल चलाएका छन् । अन्दाजमा नाडी छामेकै भरमा औषधि बेच्दै आएको आयुर्वेद क्षेत्रमा बिस्तारै चिकित्सकको प्रवेशले आयुर्र्वेद उपचार पद्धतितर्फ सेवाग्राहीको ध्यान केन्द्रित भएको हो ।

यसैक्रममा बिर्तामोडमा डा. देवीकुमार गौतमले मधुमेह रोगीलाई ध्यानमा राख्दै सोमबारबाट सताक्षी आयुर्वेदिक फार्मेसी सञ्चालनमा ल्याएका छन् । पश्चिम बस स्टेण्ड दक्षिणमा सताक्षी आयुर्वेदिक फार्मेसी सञ्चालनमा ल्याएका हुन् । गरिब तथा विपन्न समुदायका विरामीलाई निःशुल्क उपचार गर्ने र सहजरुपमा सेवाग्राहीलाई सेवा प्रदान गर्न फार्मेसी सञ्चालनमा ल्याएको उनले बताएका छन् ।

खानपान र रहनसहनका कारण दिनानुदिन मानिस सुगर र प्रेसरका बिरामी हुनेक्रम जारी छ भन्दै उनले भने– ‘खानपान र रहनसहनमा बेलैमा ध्यान नदिँदा दिनानुदिन समस्या बढ्दो छ । यसलाई केही मात्रामा नियन्त्रण गर्नका लागि भए पनि मैंले फार्मेसी सञ्चालनमा ल्याएको हूँ ।’

फार्मेसीमा डाक्टरसहित वैद्यको नियमित सेवा उपलब्ध हुने बताइएको छ । उद्घाटन समारोहको अवसरमा सेवाग्राहीको निःशुल्क जाँच गरिएको थियो । मंसीर महिनाभित्र सम्पूर्ण सेवाग्राहीलाई निल्शुल्क स्वास्थ्य सेवा प्रदान गर्ने डाक्टर गौतमले बताए ।

सताक्षी आयुर्वेद फार्मेसीको उद्घाटन समारोहमा जिल्ला आयुर्वेद स्वास्थ्यकेन्द्र चन्द्रगढीका डाक्टर केनिन राई, वरिष्ठ कविराज निरीक्षक सकलदेव चौधरीसहित जिल्लाका आयुर्वेद क्षेत्रमा क्रियाशील स्वास्थ्यकर्मी, वैद्य, कविराज र औषधि व्यवसायीको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर