Aamsanchar

बीएण्डसीको ब्यवस्थापनले दंग परे जर्ज

Author Image
मङ्गलवार, मंसिर १९, २०७४

बिर्तामोड,

झापाको बिर्तामोडमा रहेको बीएण्डसी हस्पिटल विश्वस्तरीय लेबनमा पुगेको स्वीरजल्याण्डका प्रो.डा. जर्ज रुफलेनले बताएका छन् । ढेड महिनादेखि झापाको बीएण्डसी हस्पिटलको अनुगमन गरेका जर्जले आइएसओ ९००१ मान्यता प्राप्त हुनका लागी अझै केही मापदण्ड पुरा गर्न बांकी रहेको बताएका छन् ।

हस्पिटलको संरचना तथा उपकरणहरुले सन्तुष्ट रहेको भन्दै जर्जले भने–म यो हस्पिटल देखि सन्तुष्ट छु । यहाँको म्यानेजमेन्टदेखि डाक्टर, नर्स लगायतको सहकार्यले मलाई सन्तुष्ट बनाएको छ ।युरोपमा रहेका हस्पिटललहरुसंग सहकार्य गर्दै अगाडी बढ्न तयार रहेको समेत जर्जले स्पष्ट पारेका छन् ।

दक्षिण एसियाको भारत, बंगलादेश लगायत भन्दा नेपालमा रहेको बीएण्डसी हस्पिटलको सबै संरचनाले सन्तुष्ट बनाएको उनले बताएका छन् । हस्पिटलको अनुगमन गरेर जर्जले दुशी ब्यक्त गरेको हस्पिटलका डाक्टर उमेश शर्माले बताएका छन् । हस्पिटलको सबै ब्यवस्थापन, उपकरण तथा बिरामीहरुको आकर्षणले जर्ज उत्साहित भएको बीएण्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिए ।

विश्वस्तरीय हस्पिटलको रुपमा अगाडी बढाउन सबै प्रकारका प्रकृया पुरा गर्न बीएण्डसी हस्पिटलले पुरा गर्ने हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए । उनले बीएण्डसी हस्पिटलले अब स्वीजरल्याण्डका हस्पिटलहरुसंग पनि सहकार्य गरेर अघि बढ्ने जानकारी दिए । यसैबीच डेढ महिनादेखि बीएण्डसी हस्पिटलमा रहेका जर्जलाई हस्पिटलले एक कार्यक्रमका बीच सम्मान गर्दै बिदाई समेत गरेको छ ।

जर्जले झपाको बीएण्डसी हस्पिटलबाट आफुले धेरै कुरा सिकेको र आफ्नो देशका धेरै अनुभवसमेत यहाँ आएर बताउन पाएको भन्दै खुशी ब्यक्त गरेका छन् । आज आयोजित पत्रकार सम्मेलनमा निकै उत्साहित देखिएका स्वीस नागरिक जर्जले नेपालमा धेरै सम्भावना रहेको र यहाँका डाक्टर, नर्स तथा हस्पिटल ब्यवस्थापन बीचको सहकार्यले आफुलाई निकै उत्साहित बनाएको बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 109

प्रतिक्रिया (०)