Aamsanchar

कुश्ती खेलाडी यादवको निधन

Author Image
बुधवार, मंसिर २०, २०७४

राजविराज,

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा एकजना कुश्ती खेलाडी मधु यादवको ८२ वर्षको उमेरमा मंगलबार निधन भएको आज जनाइएको छ ।

साविक कोइलाडी मधेपुरा गाविसको विगत १५ वर्षदेखि निरन्तर वडाध्यक्ष रहँदै आउनुभएका वडा नम्बर–८ निवासी यादवको असामयिक निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उहाँ विगत केही समयदेखि मधुमेह तथा मुटुरोगबाट पीडित रहँदै आउनुभएको थियो । कुश्ती खेलका राष्ट्रिय खेलाडीसमेत रहनुभएका उहाँको जिल्ला तथा राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा सहभागी भई दर्जनौँ कप, पदक तथा पुरस्कारसमेत प्राप्त गर्नुभएको थियो ।

उहाँ कोइलाडी मधेपुरास्थित लक्ष्मीबल्लभ नरसिंह माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत हुनुहुन्थ्यो । यस अतिरिक्त सामाजिक क्षेत्रमा उहाँको धेरै योगदान रहेको थियो । यादवका एक पत्नी, छोरा र दुई छोरी रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर