Aamsanchar

रेडक्रसले ल्यायो पाँचथरमा पहिलोपटक शववाहन

Author Image
बुधवार, मंसिर २०, २०७४

पाँचथर, 

पाँचथरमा पहिलोपटक शववाहन ल्याइएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरले शववाहन ल्याएको हो ।

रु ३९ लाख पर्ने उक्त शववाहन भन्सार छुट हुँदा रु १५ लाख ७६ हजारमा आइपुगेको सोसाइटीका पाँचथर सभापति कृष्ण बास्कोटाले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वतमान सांसद श्रीप्रसाद जवेगुले सांसद विकास कोषबाट दिनुभएको रु १० लाख, फिदिम नगरपालिकाको रु तीन लाख तथा नपुग रकम जिल्ला शाखाको आन्तरिक स्रोत र ऋण सापटी गरी शववाहन ल्याइएको हो ।

उक्त शववाहन अप्राकृतिक मृत्यु भएको जस्तै आत्महत्या, दुर्घटनामा परेर मृत्यु भएका व्यक्तिलाई ओसारपसार गर्न मात्रै प्रयोग गरिने रेडक्रस सोसाइटीका कार्यकारी अधिकृत गुरु तिम्सिनाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर