Aamsanchar

४५ जिल्लामा भोलि गाडी नचल्ने, सार्वजनिक बिदा

Author Image
बुधवार, मंसिर २०, २०७४

काठमाडौं, 

निर्वाचन आयोगले बिहीबार हुने चुनावको सबै तयारी पूरा भएको जनाएको छ । बुधबार बेलुका ५ बजेसम्म सबै मतदान केन्द्र बनाइसक्ने आयोगले जनाएको छ । बिहीबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिन्छ ।

आयोगले चुनावको तयारीबारे बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराउँदैछ । दिउँसो साढे २ बजे चुनावको सबै तयारीबारे जानकारी गराइने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । यस्तै गृह मन्त्रालयले पनि दिउँसो नै पत्रकार सम्मेलन गरेर सुरक्षाको बारेमा जानकारी गराउँदैछ ।

बिहीबार चुनाव हुने ४५ जिल्लामा पास लिएका गाडी र अत्यावश्यक गाडी मात्र चल्न पाउनेछन् । अरु गाडी भने आज मध्यराति १२ बजेदेखि भोलि बेलुकी ७ बजेसम्म चलाउन नपाइने गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले सार्वजनिक सूचना निकालेर नै बिहीबार गाडी नचल्ने हुँदा बुधबार राति १२ बजे अगावै गन्तव्यमा पुग्ने गरी यात्रा थाल्न आग्रह पनि गरेको छ । सरकारले बिहीबार चुनाव हुने ४५ जिल्लामा सार्वजनिक बिदा पनि दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर